स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रक"/>
स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ ।
प्रेस स्वतन्त्रता राज्य सर्वज्ञानिक आधिकारीको हस्तक्षेप विना छाप्न र प्रकाशन गर्न पाउने अधिकार नै प्रेस स्वतन्त्रता हो । आम सञ्चार जसले सम्पूर्ण जनसामुदायलाई सूचनाको हक प्रदान गर्दछ । अधिकार र काम कर्तव्यको नीति सिकाउछ ,समाज र राष्ट्रकै विकास परिवर्तनमा सहयोग पु¥याउदछ । जसले मानव अधिकारको कुरालाई उठाइ त्यसको उत्थानको कार्यमा समेत संलग्न रहेको हुन्छ । आम सञ्चार तथा पत्रकारिता सूचना सम्प्रेसन गर्ने माध्यम भएकोले राष्ट्रकै चौथौँ अंगको रुपमा स्थापित कुरालाइृ वर्तमान समयमा मर्नु न वाँच्नको अवस्थमा पु¥याइरहेको छ ।
नेपालको वर्तमान स्थितिले प्रेसमाथि आँच पु¥याउने काम गरिरहेको छ । समाचार संकलक पत्रकार तथा सञ्चारकर्मीहरु सुरक्षको हवि बन्न पुगेको छ । स्वतन्त्रपूर्वक सूचना तथा समाचार सम्पेसन गर्न नसकेको अवस्था सिर्जना भएको छ । पत्रकार तथा सञ्चारकर्मीहरु दिनप्रतिदिन अपहरण र हत्याको सिकार बनन पुगेको छन् । नेपालमा रहेका सबै वर्ग र प्र्रकारका प्रेस मिडियाहरु त्रसित बन्दै गएको छ । यसले त मानव अधिकार र स्वतन्त्रतालाइृ गुमाएको अनुभूति प्राप्त गर्दछ । नेपालमा विभिन्न कालखण्डमा प्रेसलाई बचाई राख्न विभिनन नीती नियम बनाइयो वस्तावमा त्यो नीति लागु हुन सकेन ।
वि।सं। २०५२ साल फागुन १ गतेबाट नेकपा माऔवादीले शास्त्रा आन्दोलन ग¥यो जसका कारण विद्रोही र सरकारबाट प्रेस स्वतन्त्रता हानन हुने कार्य भयो । यसै गरी २०६१माघ १ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शसान आफ्नो हातमा लिए पछि स्वतन्त्र प्रेसको दाचि उठाईयो । विभिन्न एफ्।एम बाट समाचार प्रसारणमा रोक लगाइयो । सञ्चारकर्मीहरु धेरैले ज्यान गुमाए । द्धोन्द्धकालिन समाजदेखि वर्तमान समयसम्म श्रमजीवी पत्रकार तथा प्रेसहरुले सुरक्षाको अनुभूति गर्न पाएको छैन । जहसम्म प्रेस स्वतन्त्र हुन्छ त्यहामात्र परिवर्तन र प्रगतिको स्थितिमा आउन सकिन्छ । प्रजातन्त्र अर्थात् लोकतन्त्र आएपछि प्रेसले स्वतन्त्रताको प्रत्यभूति गरेको थियो । प्रजातन्त्रलाई गतिशिल र जीवनता बनाउन पनि प्रेस स्वतन्त्रको आवश्यक हुन्छ । जहाँँ प्रजातन्त्र हुन्छ त्यहाँ अभिव्यक्ति हुने गर्दछ ।
प्रेस स्वतन्त्रविना खुल्ला समाजको निर्माण हुन सक्दैन । प्रेस स्वतन्त्र नै अन्य सबै स्वतन्त्रको मुट्टु हो । प्रेस स्वतन्त्र समाज निर्माण गर्ने आधारशिला खम्बा भएकोले सबैले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ । सरकारी प्रशासनले पनि यसलाई ध्यानमा राखि प्रेसमाथि अपराधिक क्रियाकलापमा संलाग्न ब्यक्तिहरुलार्इृ कुनै पनि संरक्षण र छुटकारा नदिई कडा कारवाही गर्नुपर्छ । प्रेस स्वतन्त्र भनेको व्यक्तिको अधिकार हो,जनताको अधिकार हो । यसलाई सबै पक्ष राजनीतिक दल तथा सरकारी बाट संरक्षण र सम्बद्धनमा साथ दिनुपर्छ ।
युवा अधिकारकर्मी तथा पत्रकार