2026-09-19 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायको खोजीमा हिँडेकी पुलामीको रहस्यमय तरिकाले मृत्यु

मङ्सिर १०, पाल्पा । देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय तरिकाले मृत्यु भएको खुलेको छ ।

गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो ।

बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु पुलामी नै भएको बताएका छन् ।

 बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीले शव व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई जिम्मा लगाएको प्रहरीले बताएको छ । आफन्तबाट लासको खोजी हुन नसक्दा तानसेन नगरपालिकाले कात्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेको हो ।

पुलामी दसैपछि एक्कासि बेपत्ता बन्दै आएपनि श्रीमान र घरपरिवारले उनको खोजीमा सक्रियता देखाएको थिएन । जिल्ला शिक्षा कार्यालय, पाल्पामा प्राविधिकका रुपमा कार्यरत पुलामीका श्रीमान दीपेन्द्र बस्याल सोमबारदेखि फरार अवस्थामा रहेका छन् । बस्यालले अर्की प्रेमिका लिएर भारततिर भागेका हुन् । २०६९ सालमा पुलामी र बस्यालबीच अन्तरजातीय प्रेमविवाह भएको आफन्त बताउँछन् ।

गत चैतदेखि पुलामी र बस्यालबीच सम्बन्ध राम्रो नभएको खुलेको छ । महिला तथा बालबालिका कार्यालयमा भदौ ३१ गते पुलामीले आफू अन्यायमा परेको भन्दै मौखिक निवेदन दिएको निमित्त कार्यालय प्रमुख सुष्मा रेग्मीले जानकारी दिए। 

पुलामीले महिला तथा बालबालिका कार्यालयमा शारीरिक र मानसिक यातना भोग्न बाध्य भएको कार्यालयलाई जानकारी गराएपछि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जान अनुरोध गरेको जनाएको हो । बस्यालले पुलामीलार्ई पटकपटक मानसिक तथा शारीरिक यातना दिँदै आएको पुलामीका बुबा नरबहादुरको दाबी छ ।

माइती पक्षले उनको हत्या गरी फालिएको किटानी जाहेरीमा उल्लेख गरेको छ । जाहेरीमा विनुका श्रीमान ताहुँ–७ का दीपेन्द्र बस्याल, दीपेन्द्रका बुबा र आमालाई विपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्यालका बुबाआमा शिक्षक–शिक्षिका हुन् ।

गाडेको शव निकालेर अनुसन्धान

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रमेशराज भेटवालको नेतृत्वमा गएको प्रहरीले गाडेको लास निकालेर अनुसन्धान थालेको छ । प्रहरीले गाडेको लास पुलामी मगरको हो वा होइन भन्ने बारेमा बुझ्नका लागि लासको दाँत र खुट्टाको हड्डी निकालेर डिएनए परीक्षणका लागि जिल्लामा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

एक महिनापछि दाहसंस्कार

माइती पक्षले गाडेको शव विनु पुलामीमगरकै भएकाले दाहसंकार गरेका छन् । बुबा नरबहादुरले छोरी पुलामीको शवलाई दागबत्ती दिएका हुन् । पुलामी दसैपछि माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् । कात्तिक ४ गते राम्दी नदीको किनारामा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । 

शवको सनाखत हुन नसक्दा कात्तिक ८ गते राम्दीमा लास गाडिएको थियो ।

प्रहरीले पुलामीको शव माइती पक्षलाई बुझाएको छ । शव बुझाएर दाहसंस्कार गर्ने बेलासम्म बस्यालका घरपरिवार पुगेनन् । माइती पक्षले मात्र पुलामीको दाहसंकार गरेका हुन् । घरपक्षका कोही पनि नआएपछि यो घटना थप रहस्यमय बन्दै गएको हो ।

पुलामीका श्रीमान बस्यालले पुलामीको फेसबुकबाट माइती पक्षसँग कुराकानी गर्दै आएका छन् । दसैपछि विनु माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् तर फेसबुकबाट दीपेन्द्रले पुलामी बनेर कुराकानी गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पुलामीको हत्या नै भएको जाहेरी परेपछि अनुसन्धानलाई सशक्त रुपमा अघि बढाएको छ । पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले माइतीपक्षको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई