मङ्सिर ११, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ११, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । 

<"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै मृगौला फेल भएका पुष्प खत्रीले भने- ‘जम्मा ३० बर्षको भए, अझै बाँच्ने इच्छा छ’

११ मंसिर २०७३, शनिबार ०७:५९


मङ्सिर ११, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका ३० वर्षीय पुष्प बहादुर खत्रीको दुवै मिर्गौलामा खराबी आएपछि उनी जीवन मरणको दोसादमा फसेका छन् । 

आर्थिक अवस्था दयनीय रहेका खत्रीले  जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन् । अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको भाई मिलन खत्रीले जानकारी दिए। 

मृगौलाकै कारण बुबाको  मृत्यु भईसकेको र आमाको पनि  सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले  सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको  उपचारमा  अहिले सम्म ५ लाख खर्च भई सकेको छ । उनी संग  २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । 

पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।  प्रति महिना २० हजार देखि ३० हजार  सम्म खर्च लाग्ने गर्दछ।

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको  उपचारमा आर्थिक  समस्या भई रहेको छ । 

‘बाँच्छु जस्तो लाग्छ, उपचार राम्रोसँग गर्न पाए’, पुष्प  भन्छन्, ‘बुबा आमा पनि बितिसक्नु भयो, मैले बाँच्नु छ, मलाई सबैजना भएर बचाउनुहोस् ।’ किरणको उपचारमा सहयोग गर्न ९८४२२१५१३६  र ९८६२०६६९३९ मा सम्पर्क गर्न सकिनेछ । साथै, आर्थिक सहयोगका लागि  राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २०३००११३७७१० मा रकम जम्मा गर्न सकिनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान