2026-06-20 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा भयानक दुर्घटना, जिप २०० मिटर तलखस्दा ७ जनाको मृत्यु, १८ घाईते

2016-11-27

मंसिर १२, नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटनाहुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् । 


बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । 


पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ । 


मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ