2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

मङ्सिर १२, पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई एकाकार गरी संविधानलाई कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न सबै नेपालीको समर्थन सरकारलाई प्राप्त भएको जानकारी दिनुभयो । 

पतञ्जलि योगपीठ नेपालले महिला तथा बालबालिकाका लागि वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज आयोजना गरेको विशेष योग शिविरको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै नेपालीलाई एकाकार गरी राष्ट्र निर्माणको थालनी गरेको अभियानमा मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनताको अपार समर्थन प्राप्त भएको दाबी गर्नुभयो । 

नेपालमा आयुर्वेद उद्योग स्थापना गरी त्यसबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गर्ने स्वामी रामदेवको घोषणाको स्वागत गर्दै उहाँले नेपालबाटै सुरु भएको योग विद्यालाई उद्योगसँग जोडी विश्वभरी पु¥याइ नेपालीलाई गौरवान्वित बनाएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेवले योग र उद्योगको अद्भूत समायोजन गरी मानवको जीवन पद्धति र समृद्धिका लागि गर्नुभएको योगदान अविस्मरणीय छ ।” 

शिविरमा सहभागी प्रधानमन्त्री प्रचण्डलाई स्वामी रामदेवले योगबारे जानकारी दिनुका साथै योगाभ्याससमेत गराउनुभएको थियो । कार्यक्रममा आठ हजारभन्दा बढी महिला तथा बालबालिकाले योगाभ्यास गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक