२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिद्वारा आयोगलाई जवाफ पेश

१३ मंसिर २०७३, सोमबार ००:३०

मङ्सिर १३, दार्चुला | दार्चुुला जिल्लाको स्थानीय तहको पुर्नसंरचनामा केन्द्र र जनसंख्याको मापदण्ड नपुगेको भन्दै राज्य पुर्नसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई फेरी जवाफ मागेपछि आज बसेको स्थानीय तह जिल्ला प्राविधिक सहयोग समिति र राजनीतिक दलहरुको बैठकले आयोगलाई निर्णय पठाएको छ ।

आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको बैठकले दार्चुलाको व्याँस र अपि हिमाल गाउँ पालिकामा आयोगले निर्धारण गरेको जनसंख्या नपुगेको र कार्तिक ४ गते आयोगले जारी गरेको संसोधित कार्यविधीको बुँदा नम्बर पाँच बमोजिम भौगोलिक विकटता र क्षेत्रफलको आधारमा विशेष गाउँ पालिका घोषणा गर्न सिफारिस गरिएको छ । 

दार्चुला जिल्लाको कुल क्षेत्रफल २ हजार ३ सय २२ बर्गकिलोमिटर रहेकोमा व्याँस गाउँपालिकाको क्षेत्रफल ८ सय २७ र अपि हिमाल गाउँपालिकाको क्षेत्रफल ५ सय ३० दशमल ७२ बर्गकिलोमिटर रहेको छ । त्यसैगरी नौगाड गाउँ पालिकाको केन्द्र सौकेबगरजामिर कायम गरिएको छ । त्यस्तै दार्चुला जिल्लामा भएको स्थानीय तहको पुर्नसंरचना सम्बन्धी स्थानीयले गरेको विरोध, माग, ज्ञापन पत्र लगायतको सबै सुझावहरु आयोगमा पठाउने र आयोगले गरेको निर्णयका आधारमै जिल्लाको पुर्नसंरचना गर्ने निर्णय गरिएको जिल्ला विकास समितिका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो । 

मालिकार्जुन गाँउपालिकाबारे काग्रेस र एमालेको फरक मत

स्थानीय तहको पुनर्संरचनामा प्रस्तावित मालिकार्जुन गाँउपालिकाबारे काग्रेस र एमालेको फरक मत सार्वजनिक भएको छ । स्थानीय तहको पुनर्संरचना सम्बन्धि आयोगबाट ३ दिनको समयावधि दिएर स्थानीय निकायको मापदण्डबमोजिमको खाका पुनरावलोकन गर्न भनिएकोमा जिल्लास्थित राजनीतिक दलहरुको परामर्शमा आज फेरि टुंगो लगाइएको हो । आजको बैठकमा व्यास गाँउपालिका र अपि हिमाल गाँउपालिकाको सीमाक्षेत्र तथा नौगाड गाँउपालिकाको केन्द्रबारे सबै राजनीतिक दलहरुबीच एकमत देखिएको छ । सबै दलको सर्वसम्मतिमा निर्णय गरिए पनि मालिकार्जुन गाँउपालिकाबारे नेपाली काग्रेस र नेकपा एमालेले दुई छुट्टाछुट्टै प्रसंगमा फरक मत राखेका छन् । 

एमाले जिल्ला अध्यक्ष रामदत्त जोशी र उपाध्यक्ष उदयसिह बडालले प्रस्तावित मालिकार्जुन गाँउपालिकालाई नगरपालिका बनाउनुपर्ने फरक मत निर्णय पुस्तिकामा राखेका छन् । नेपाली काग्रेस दार्चुलाका कार्यवाहक सभापति अमरसिह धामीले भने प्रस्तावित मालिकार्जुन गाँउपालिकाको सदरमुकाम शंकरपुरका साथै मालिकार्जुनमा हुनुपर्ने मत राखेका छन् । गाँउपालिकाको केन्द्र शंकरपुर मालिकार्जुन राख्नुपर्ने व्यहोराको फरक मत नेपाली काग्रेसका तर्फबाट निर्णय पुस्तिकामा राखिएको हो ।  नौगाड गाँउपालिकाको केन्द्र जामिर वा सौकेबगर मध्ये एक ठाँउमा राख्न आयोगबाट जिल्लास्तरमा भनिएको थियो । तर जिल्लास्तरमा सौकेबगर र जामिरलाई एउटै शब्दमा समेटेर नौगाड गाँउपालिकाको केन्द्र सौकेबगरजामिर राख्ने निर्णय गरिएको छ । नौगाड गाँउपालिकाको केन्द्र निर्धारण भएजस्तै मालिकार्जुन गाँउपालिकाको केन्द्र शंकरपुर मालिकार्जुन राख्नुपर्ने आफ्नो माग रहेको काग्रेस कार्यवाहक सभापति अमरसिह धामीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे