मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०४६ सालमै बर्खास्तको सिफारिसमा परेका थिए लोकमान (यस्तो छ रेकर्ड)

२०७३, १३ मंसिर सोमबार ००:४१

मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको थियो ।

राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । २०६४ साउन २८ गतेपछि बिनासूचना ९० दिनभन्दा बढी गयल भएका योजना आयोगका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीले बर्खास्तको कारबाहीकै दौरानमा राजीनामा दिएका थिए, यो तथ्यलाई नजरअन्दाज गरी संवैधानिक परिषदको वैशाख २२ गतेको बैठकले उनलाई ‘इमानदार’ ठहर्‍याउँदै अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

चरणबद्ध रूपमा २०६३ साउनदेखि ३ सय ८५ दिनभन्दा बढी बिदा बसेका लोकमानको २०६४ साउनको चौथो साता सञ्चित रहेका सबै बिदा सकिएको थियो । त्यसपछि उनले अस्वस्थताको कारण देखाई साउन २८ देखि ३२ गतेसम्म बिदाको निवेदन दिएका थिए ।

साथै उनले त्यसपछि एक वर्ष बेतलबी बिदाको माग पनि गरेका थिए । ‘उनले माग गरेको ४ दिनको बिदा नै स्वीकृत थिएन भने योजना आयोगले बेतलबी बिदासमेत अस्वीकृत गरेको थियो,’ त्यतिबेला योजना आयोगमा कार्यरत एक अधिकृत सम्झिन्छन्, ‘बिदा अस्वीकृत भएपछि हाजिर हुनु त टाढाको कुरा, कार्की एकाएक बेपत्ता भइदिए ।’

कार्कीले २०६३ साउनदेखि असोजसम्म ५२ दिन बिदा लिएका थिए । त्यसपछि फेरि उनले मंसिर मसान्तसम्म १ सय २३ दिन बिदा थपे । यसक्रममा उनले विभिन्न क्लिनिक, अस्पताल, चिकित्सक र आयुर्वेद औषधालयको सिफारिस पेस गरेका थिए । दर्जनौं पटक बिदा थपेपछि उनी २०६४ साउन २८ गतेदेखि गयल थिए ।

प्रशासकीय अदालतले समेत ६० दिनभन्दा बढी गयल निजामती कर्मचारीलाई बर्खास्त गर्न पटक/पटक मुख्यसचिवलाई निर्देशनात्मक आदेश जारी गरेको छ । निजामती कर्मचारीहरू विष्णु तिवारी, एकराज सिंखडा, रामचन्द्र रौनियारलगायत माथिको कारबाहीविरुद्ध परेको मुद्दाको फैसलाका क्रममा प्रशासकीय अदालतले ऐनमा भएको व्यवस्था पालना गर्न र त्यसको अनुगमनका लागि समेत परिपत्र गरेको थियो । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा