मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/> Sajhasabal मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०४६ सालमै बर्खास्तको सिफारिसमा परेका थिए लोकमान (यस्तो छ रेकर्ड)

१३ मंसिर २०७३, सोमबार ००:४१

मंसिर १३, काठमाडाैं | अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको थियो ।

राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए । कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । २०६४ साउन २८ गतेपछि बिनासूचना ९० दिनभन्दा बढी गयल भएका योजना आयोगका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीले बर्खास्तको कारबाहीकै दौरानमा राजीनामा दिएका थिए, यो तथ्यलाई नजरअन्दाज गरी संवैधानिक परिषदको वैशाख २२ गतेको बैठकले उनलाई ‘इमानदार’ ठहर्‍याउँदै अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

चरणबद्ध रूपमा २०६३ साउनदेखि ३ सय ८५ दिनभन्दा बढी बिदा बसेका लोकमानको २०६४ साउनको चौथो साता सञ्चित रहेका सबै बिदा सकिएको थियो । त्यसपछि उनले अस्वस्थताको कारण देखाई साउन २८ देखि ३२ गतेसम्म बिदाको निवेदन दिएका थिए ।

साथै उनले त्यसपछि एक वर्ष बेतलबी बिदाको माग पनि गरेका थिए । ‘उनले माग गरेको ४ दिनको बिदा नै स्वीकृत थिएन भने योजना आयोगले बेतलबी बिदासमेत अस्वीकृत गरेको थियो,’ त्यतिबेला योजना आयोगमा कार्यरत एक अधिकृत सम्झिन्छन्, ‘बिदा अस्वीकृत भएपछि हाजिर हुनु त टाढाको कुरा, कार्की एकाएक बेपत्ता भइदिए ।’

कार्कीले २०६३ साउनदेखि असोजसम्म ५२ दिन बिदा लिएका थिए । त्यसपछि फेरि उनले मंसिर मसान्तसम्म १ सय २३ दिन बिदा थपे । यसक्रममा उनले विभिन्न क्लिनिक, अस्पताल, चिकित्सक र आयुर्वेद औषधालयको सिफारिस पेस गरेका थिए । दर्जनौं पटक बिदा थपेपछि उनी २०६४ साउन २८ गतेदेखि गयल थिए ।

प्रशासकीय अदालतले समेत ६० दिनभन्दा बढी गयल निजामती कर्मचारीलाई बर्खास्त गर्न पटक/पटक मुख्यसचिवलाई निर्देशनात्मक आदेश जारी गरेको छ । निजामती कर्मचारीहरू विष्णु तिवारी, एकराज सिंखडा, रामचन्द्र रौनियारलगायत माथिको कारबाहीविरुद्ध परेको मुद्दाको फैसलाका क्रममा प्रशासकीय अदालतले ऐनमा भएको व्यवस्था पालना गर्न र त्यसको अनुगमनका लागि समेत परिपत्र गरेको थियो । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने