२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलबाट छुटदै चरा बेच्दै

१३ मंसिर २०७३, सोमबार ००:४९

मङ्सिर १३, काठमाडाैं | छोटु भनिने मोहम्मद उस्मान वन्यजन्तु र चराको अवैध व्यापारमा संलग्न भएर धेरैपटक जेल परे ।

जेलबाट निस्किएकै दिनदेखि वन्यजन्तु र चराको तस्करी र बेचबिखनमा संलग्न हुन भने छाडेनन् । तिनै ३५ वर्षीय छोटु र फैजल मोहम्मद नाम गरेका कतारी नागरिक शुक्रबार हुचिलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन् ।

फैजलको लगेज (सुटकेश) परीक्षणका क्रममा ६ वटा हुचिल भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएका उनीहरूलाई आइतबार बयान लिएर पुर्पक्षका लागि जेल चलान गरिएको छ । वन कार्यालयका अनुसार छोटुले फैजललाई ६ वटा हुचिल बिक्री गरेका थिए । हुचिल पुर्‍याउन विमानस्थल गएका बेला फैजलसहित छोटु पनि पक्राउ परेका थिए ।

‘छोटुले चरा आफ्नो भएको बताउँदै साथीलाई पुर्‍याउन एयरपोर्ट गएको स्वीकारेका छन्,’ वन कार्यालयबाट अनुसन्धान अधिकृत तोकिएका अरुण गुप्ताले भने, ‘कतारी नागरिकले चाहिँ मेरो लगेज नै होइन भनेर दाबी गरेका छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने