Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १३, पाल्पा । पाल्पाका ग्रामीण भेगका विद्यार्थीलाई दुई तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या रहेको छ । मुझुङ्ग गाविसभित्र छात्रछात्रा उमावि पढ्न अन्यत्र गाविसको विद्यालय धाउँदै आएका छन् ।

कालिका माविसम्मको पढाइ हँुदै आए पनि त्यसपछि अध्ययन गर्नका लागि गाविस बाहिर नै धाउन बाध्य बनेका हुन् । यो समस्याबाट पाल्पाका १८ गाविसका विद्यार्थीले समस्या झेल्दै आएका छन् ।

कक्षाकोठामा के पढ्नभन्दा पनि कसरी जाने भन्ने चिन्ता बढी हुने गरेको अभिभावक बताउँछन् । विद्यार्थीले एसएलसी पछि अध्ययन गर्नका लागि गाउँ छाड्नुपर्ने वा एक दुई घन्टा पैदल हुनुपर्ने बाध्यता रहेको हो । बिहान ८ बजे नै खाना खाएर विद्यालय हिँड्नुपर्ने बाध्यता रहेको अभिभावकले गुनासो गर्दै आएका छन् ।

कक्षा १२ सम्म सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको प्रअ जनार्दन पोखरेलले बताउनुभयो । आर्थिक अभावका कारण उमाविका कक्षा सञ्चालनमा समस्या हुँदै आएको हो ।

जुठापौवा गाविस–६, गोठानका विद्यार्थी उमावि पढ्न दुई तीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता छ । गाउँका बालबालिका जङ्गलको बाटो दुई तीन घन्टा पैदल हिँडेर अन्यत्र जाँदा समस्या हुन थालेको हो ।

घना जङ्गल मात्र हुनु र बीचमा बस्ती नहुँदा बाघ, भालुको समेत समस्या हँुदै आएको छ । गाउँलेले पैसा उठाएर माविका सञ्चालन गरे पनि अहिले उमावि पढ्न अन्यत्र जानुपर्ने बाध्यता नहटेको स्थानीय बासिन्दा तथा शिक्षक चिन्तामणि रास्कोटीले बताउनुहुन्छ ।

विद्यालयले उमावि सञ्चालन गर्नु आर्थिक रुपमा ठूलो भार हुने शिक्षक रास्कोटी बताउनुहुन्छ । २५० भन्दा बढी विद्यार्थी रहेको माविमा छ जना शिक्षकलाई दुई वडाका घरधुरीबाट रु २५० मासिक चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक महेश पोखरेलको गुनासो छ । रासस