४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या

१३ मंसिर २०७३, सोमबार ०३:२८

मङ्सिर १३, पाल्पा । पाल्पाका ग्रामीण भेगका विद्यार्थीलाई दुई तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या रहेको छ । मुझुङ्ग गाविसभित्र छात्रछात्रा उमावि पढ्न अन्यत्र गाविसको विद्यालय धाउँदै आएका छन् । 

कालिका माविसम्मको पढाइ हँुदै आए पनि त्यसपछि अध्ययन गर्नका लागि गाविस बाहिर नै धाउन बाध्य बनेका हुन् । यो समस्याबाट पाल्पाका १८ गाविसका विद्यार्थीले समस्या झेल्दै आएका छन् । 

कक्षाकोठामा के पढ्नभन्दा पनि कसरी जाने भन्ने चिन्ता बढी हुने गरेको अभिभावक बताउँछन् । विद्यार्थीले एसएलसी पछि अध्ययन गर्नका लागि गाउँ छाड्नुपर्ने वा एक दुई घन्टा पैदल हुनुपर्ने बाध्यता रहेको हो । बिहान ८ बजे नै खाना खाएर विद्यालय हिँड्नुपर्ने बाध्यता रहेको अभिभावकले गुनासो गर्दै आएका छन् । 

कक्षा १२ सम्म सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको प्रअ जनार्दन पोखरेलले बताउनुभयो । आर्थिक अभावका कारण उमाविका कक्षा सञ्चालनमा समस्या हुँदै आएको हो । 

जुठापौवा गाविस–६, गोठानका विद्यार्थी उमावि पढ्न दुई तीन घन्टा पैदल हिँडेर अन्यत्र जानुपर्ने बाध्यता छ । गाउँका बालबालिका जङ्गलको बाटो दुई तीन घन्टा पैदल हिँडेर अन्यत्र जाँदा समस्या हुन थालेको हो । 

घना जङ्गल मात्र हुनु र बीचमा बस्ती नहुँदा बाघ, भालुको समेत समस्या हँुदै आएको छ । गाउँलेले पैसा उठाएर माविका सञ्चालन गरे पनि अहिले उमावि पढ्न अन्यत्र जानुपर्ने बाध्यता नहटेको स्थानीय बासिन्दा तथा शिक्षक चिन्तामणि रास्कोटीले बताउनुहुन्छ । 

विद्यालयले उमावि सञ्चालन गर्नु आर्थिक रुपमा ठूलो भार हुने शिक्षक रास्कोटी बताउनुहुन्छ । २५० भन्दा बढी विद्यार्थी रहेको माविमा छ जना शिक्षकलाई दुई वडाका घरधुरीबाट रु २५० मासिक चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक महेश पोखरेलको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ