१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

१४ मंसिर २०७३, मंगलवार ०५:०६

मङ्सिर १४, दमक । स्कारपियोको ठक्करबाट झापाको शिवसतासी नगरपालिका–५ मा सोमबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइराला रहेका छन् । 

कोइरालालाई साँझ ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । 

यसैगरी, झापाको शनिअर्जुन नगरपालिका–४ भित्री सडक खण्डमा सोमबार साँझ ६ बजेतिर मे ३ प ३४२५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकलमा सवार स्थानीय १३ वर्षीया भावना विश्वकर्मा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने मधु गिरी घाइते भएका छन् । घाइते दुबै जनाको विर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु