मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं टावर योजनामा मात्रै

१५ मंसिर २०७३, बुधबार ०६:२३


मङ्सिर १५, काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले निर्माण गर्न थालेको काठमाडौँ भ्यू टावरको निर्माण कार्य अझै अगाडि बढ्न सकेको छैन ।

टावर निर्माण गर्ने विषयमा ठेकदार कम्पनी र महानगरपालिकावीच कुरा नमिल्दा टावर निर्माण हुन नसकेको महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार विसं २०७२ मा गएको भूकम्प अघिनै टावर निर्माणका लागि सम्झौता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भएपछि ठेकेदारसँग कुरा नमिल्दा टावर निर्माणको काम अघि बढ्न नसकेको हो ।

‘‘ठेकेदारसँग भूकम्पअघि २९ तलाको बनाउने सहमति भएको थियो’’, उनले भने– ‘‘भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियमविपरीत हुने देखियो । १२ तल्लाको बनाउने कुरा भयो । अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा निर्माणको काममा समस्या आएको हो ।’’

उक्त टावर महानगरपालिकासँग जलेश्वर स्वछन्द विकोइले बनाउने सम्झौता गरेको थियो । राजस्व महाशाखाका प्रमुख काफ्लेले टावरलाई पहिलेकै संरचनाअनुसार २९ तलाको बनाउन प्रयास भइरहेको पनि जानकारी गराए ।

नेपाली कला र संस्कृति झल्कने गरी बनाउने योजना रहेको उक्त टावरको भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछन् ।

बाह्र तलामात्र बनाउने भएपछि अन्य कम्प्लेक्स सरह राजस्व तिर्न पाउनुपर्ने माग ठेकेदार कम्पनीले गर्दै आएको छ । १२ तलाको बनाएर भाडा उठाउँदा महानगरलाई तिर्दैमा ठिक्क हुने र आफूलाई कुनै फाइदा नहुने कम्पनीले गुनासो गर्दै २९ तलाको नै बनाउन पाउनुपर्ने माग राख्दै आएको छ ।

काफ्लेका अनुसार कम्पनीले नक्सा पासका लागि एक करोड तिरिसकेको छ । भ्यू टावर बनाउने भन्दै गत वैशाखमा बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो ।

सहमति भएको लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसक्दा कहिले राजनीतिक हस्तक्षेप त कहिले महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि कामपाले खेप्दै आएको छ ।

महानगरले सम्झौता गर्नुअघि सबै कागजात जाँच गरेर मात्र काम अघि बढाएकाले कुनै पनि कुराले कम्पनी कमजोर देखिँदैन, प्रमुख काफ्लेले प्रष्ट पारे । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेस्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ ।

काठमाडौँ महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । नक्सा पास गरेको दुई वर्षसम्म पनि काम सुरु नगरेमात्रै जिम्मा दिने संस्थाले निर्माणको जिम्मा लिएको संस्थालाई कारबाहीको प्रक्रिया अघि बढाउन मिल्ने प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता