सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनस"/>

2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

डा. केसीको माग पुरा गर्न दवाब दिंदै धादिङमा बिरोध तथा र्याली


सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दवाबमूलक कोणसभा तथा र्याली निकालेको छ । 

आज धादिङको सदरमुकाम धादिङबेसीमा १९ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भईसक्दा पनि सरकारले उनको माग पुरा गर्न नसकेको भन्दै दवाब स्वरूप कोणसभा तथा र्याली निकालिएको धादिङबाट डा. राम थापा क्षेत्रीले साझा सबाललाई बताए । डा. केसीको मागमा एक्यबद्धताका संयोजक समेत रहेका क्षेत्रीले तत्काल सरकारले केसीको मागलाई सम्बोधन गर्नुपर्ने र उनको जीवनरक्षा गर्नुपर्ने बताए । बिरोध र्यालीलाई धादिङ अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रसिला अमात्य तथा मानव अधिकारकर्मी कृष्ण प्रसाद दाहालले सम्बोधन गरेका थिए । 

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा डा. केपी सिंहलाई डिन नियुक्त गरेपछि डा. केसी अनसनमा बसेका हुन् । केसीले डिन नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र डिन सिंहलाई बर्खास्त गर्नुपर्ने लगायत १० बुँदे माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने