२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिले दिएर गएको ‘रोग’

२०७३, १७ मंसिर शुक्रबार ०३:२६

मंसिर १७, घोराही | दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । 

उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन ।

न पतिले नै कहिलै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते ।

पति बितेपछि चिकित्सकले उनी तथा छोराछोरीलाई पनि एचआईभी परीक्षण गराउन सल्लाह दिए । सबैको स्वास्थ्य परीक्षण भयो । दुई छोरा र छोरीको नतिजा निगेटिभ भयो । उनलाई पोजेटिभ ।

‘मैले त्यतिबेला भगवान्लाई धन्यवाद दिएँ, किनकि छोराछोरीको काल पनि मैले बोकेकी थिएँ', उनले भनिन्, ‘अहिले छोराछोरीको भविष्यका लागि पतिको रोग पालेर बाँचिरहेको छु ।' संक्रमितको शरीरमा जीवाणुसँग लड्ने ताकत दिने एआरभी औषधि उनले नियमित रूपमा खाइरहेकी छन् ।

‘पतिले छाडेको रोगले कति बेला लैजान्छ थाहा छैन, औषधिका भरमा अझै केही वर्ष बाँच्छु भन्ने त लागेको छ', रोग नलागेका अन्य महिलाजस्तै तन्दुरुस्त देखिने उनले भनिन् । पति मुम्बईमा काम गर्ने श्रीगाउँकी ३३ वर्षीया अर्की महिला पनि एचआईभी संक्रमणबाट पीडित छन् ।

भारतबाट छुट्टीमा आएका बेला उनका पति बिरामी परे । उनलाई उपचारका लागि नेपालगन्ज लगियो । परीक्षण गर्दा एचआईभी पोजेटिभ देखियो । त्यो पनि अन्तिम अवस्थामा । परीक्षणपछि चिकित्सकले उनलाई केही भनेनन् । ‘तपाईं नआत्तिनुस्, आफन्तलाई बोलाउनुस् मात्रै भने', उनले भनिन्, ‘घरबाट दिदीलाई बोलाएँ । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा