2026-07-09 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले र मोर्चा दुबैले आफ्नो हठ छाड्नुपर्छ–परराष्ट्रमन्त्री महत

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले यस अघि एमाले आफैले प्रश्ताव गरि पार्टि अध्यक्ष केपि ओलीले हस्ताक्षर गरेको प्रदेश सिमाङ्कनको खाका अनुसार नै सरकारले संविधान संसोधन प्रश्ताव दर्ता गरेको भन्दै एमाले आत्तिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । 

आज बागलुङको बुर्तिबाङमा चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महतले मधेसमा रहेको असन्तुष्टिको कुनै न कुनै रुपमा सम्बोधन नगरे संविधान कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले मुलुकलाई अघि बढाउन सरकारले कम्तीमा सवैलाई मान्य हुने विचको बाटो खोजेको बताए । 

‘संविधान नबन्दै एमाले अध्यक्ष केपि ओलीले पनि मानेर हस्ताक्षर गरेको सिमाङ्कनमा मधेसीदलले पनि मान्छन् भने उनिहरुको माग सम्बोधन गरौँ भनेर सरकारले संसोधन प्रश्ताव दर्ता गरेको हो ।’, महतले भने, ‘सवैले भनेजस्तो कहिल्यै हुँदैन, मधेसका नागरिकको पनि कामसेकम मन राख्नुपर्छ ।’ मन्त्री महतले मधेशी मोर्चाले पनि यतिले हुँदैन हामी मान्दैनौँ हामीले भने जस्तै हुनुपर्छ भन्ने हठ छोड्नुपर्ने बताए । 

सवै कुरा आफैले भने जस्तो हुनुपर्ने अडानले देशमा संविधान कार्यान्वयन गरेर समृद्धिको बाटोमा जान नसकिने भन्दै उनले एमाले र मधेसवादी दल दुवैलाई संविधान संसोधनको पक्षमा उभिन आग्रह गरे । 

उनले संविधान कार्यान्वयनका लागि जसरीपनि निर्वाचन गर्नुपर्ने भन्दै संघिय संरचनामा सहमती नभए पुरानै निर्वाचन क्षेत्र, गाविस र नगरपालिकाको संरचनामा भएपनि चुनाव गर्नुपर्ने तर्क गरे । 

बुर्तिबाङ केन्द्र रहने गरि प्रश्ताव गरिएको ढोरपाटन नगरपालिका कायम गर्न माग गर्दै स्थानियले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री महतले जिल्लाले सिफारिस गरेकाले नगरपालिका बन्न अब कसैले रोक्न नसक्ने भन्दै आफ्नो पार्टि र स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगमा पनि आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।  

उनले आफु परराष्ट्र मन्त्री भएपछि सवै देशसँग राम्रो सम्बन्ध बनाएर मुलुकलाई अघि बढाउन प्रयास गरेको बताए ।  

ज्ञापनपत्रमा प्रश्तावित ढोरपाटन नगरपालिका कायम गरिदिन पहल गर्न माग गरिएको छ । बागलुङको पश्चिम क्षेत्रलाई बाढी पहिरो प्रभावित घोषणा गरेर पुननिर्माण र पुनर्वासका लागि पहल गर्न र बुर्तिबाङ बाजर उच्च जोखिममा रहेको भन्दै तटबन्ध निर्माणका लागि माग गरिएको छ । मन्त्री महतलाई उत्तरगंगा मावि बुर्तिबाङ र विद्यालय मातहतको अपाङ्गता विशेष कक्षाको तर्फबाट पनि ज्ञापनपत्र बुझार्ईको थियो ।  

कार्यक्रममा सांसद् ज्ञानकुमारी छन्त्यालले बुर्तिबाङ जस्तो ठाउँमा राष्ट्रिय खेल हुने गर्बको कुरा भएको भन्दै आयोजकलाई धन्यवाद दिईन् । उनले बाढी पहिरो प्रभावित क्षेत्र घोषणा गरेर घरबार विहिनलाई पुनस्र्थापना मन्त्री महतको ध्यानाकर्षण गराईन् । कार्यक्रममा काँग्रशका केन्द्रिय सदस्य तथा संसाद बहादुरसिंह लामा, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका कोषाध्यक्ष, प्रभु बैङ्कका संचालक दक्ष पौडेल, नेपाली निर्वाचन क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुँवर, बासुदेव भट्ट, नेकपा एमालेका टंक पौडेल, माओवादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनामोर्चाका गौरिश्वर पाण्डे र नेकपा क्रान्तिकारी माओवादीका गुन्जबहादुर भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रम प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्यकबेल्ट कमिटिका अध्यक्ष घमबहादुर थापाको अध्यक्षता, बागलुङ जिल्ला आईटिएफ तेक्वान्दो संघका सचिव नरबहादुर क्षेत्रीको स्वागत र प्रतिक पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न विशेष योगदान गर्ने, खेलका प्रशिक्षक तथा सांसाद ज्ञानकुमारी छन्त्याल लगायतलाई सम्मान गरिएको थियो । यसैविच नेपाली काँग्रशका केन्द्रिय सदस्य समेत रहेका परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले पार्टिका बुर्तिबाङ क्षेत्रका अगुवा कार्यकर्ता, तथा शुभचिन्तकलाई पनि भेटघाट गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो