मङ्सिर १९, रोल्पा । जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै शनिबार सांसदको टोली रोल्पामा आइपुगेको छ । 

‘बाल विवाह अन्तका लागि हाम्रो सामूहिक प्रयास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, रोल्पा । जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै शनिबार सांसदको टोली रोल्पामा आइपुगेको छ । 

‘बाल विवाह अन्तका लागि हाम्रो सामूहिक प्रयास"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालविवाह न्यूनीकरण अभियानका लागि सांसद टोली रोल्पामा

१९ मंसिर २०७३, आईतवार ०६:४६

मङ्सिर १९, रोल्पा । जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै शनिबार सांसदको टोली रोल्पामा आइपुगेको छ । 

‘बाल विवाह अन्तका लागि हाम्रो सामूहिक प्रयास’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च (एनएफपिपिडी) नेपालका अध्यक्ष एवम् नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिना, सांसद सरिता प्रसार्इं र सांसद अमरसिंह पुन रोल्पा आउनुभएको हो । 

शनिबार आयोजित कार्यक्रममा सांसद डिनाले धार्मिक तथा सामाजिक मूल्य मान्यता, पारिवारिक दबाब, गरिबी, बेरोजगारी, अशिक्षा, बाल श्रम, छोरा र छोरीबीचको लैङ्गिक विभेद जस्ता विकृति र विसङ्गतिले समाजमा बालविवाह हुने गरेको बताउनु भयो । 

उहाँले बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य तथा सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकासमा नकारात्मक असर पार्नेहुँदा नेपालमा बिहावारीसम्बन्धी भएका कानुनी व्यवस्थाका बारेमा सबैलाई सचेत गराउनुपर्छ भन्नु भयो । 

कार्यक्रमका सहभागीले जिल्लामा बालविवाह न्यूनीकरणका लागि भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा बृहत् छलफल गरेका थिए । 

हाल जिल्लामा बालविवाह न्यूनीकरणका लागि जिविस, गाविस, महिला तथा बालबालिका कार्यालय, युएनएफपिए, जिल्ला बालकल्याण समिति, सेभ द चिल्ड्रेन, हुरेक र एचफरएललगायतका सरोकारवालाको समन्वयमा २३ गाविसमा बालविवाह न्यूनीकरण अभियान सञ्चालनमा रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु