कमल रावल/मंसिर २०, अछाम । श्रोत व्यक्ति योगेन्द्र विष्टको आज बिदाई गरिएको छ । 

२०४६ सालदेखि शिक्षा क्षेत्रमा कार्यरत श्रोतव्यक्ति विष्टको आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मंसिर २०, अछाम । श्रोत व्यक्ति योगेन्द्र विष्टको आज बिदाई गरिएको छ । 

२०४६ सालदेखि शिक्षा क्षेत्रमा कार्यरत श्रोतव्यक्ति विष्टको आज "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

श्रोत व्यक्ति योगेन्द्र विष्टको बिदाई गरियो

२०७३, २० मंसिर सोमबार ०७:१७


कमल रावल/मंसिर २०, अछाम । श्रोत व्यक्ति योगेन्द्र विष्टको आज बिदाई गरिएको छ । 

२०४६ सालदेखि शिक्षा क्षेत्रमा कार्यरत श्रोतव्यक्ति विष्टको आज एक कार्यक्रम गरि बिदाई गरिएको हो । २०५७ साल साउन ४ गते देखि बिनायक श्रोत केन्द्रमा श्रोत व्यक्तिको रुपमा कार्यरत उहाँ करिब १५ बर्ष त्यहाँ कार्यरत रहनुभएको थियो । 

बिनायकमा रहँदा बिनायक श्रोतकेन्द्रभरी शैक्षिक गुणसतर बृद्धिका लागि विभिन्न अभियान संचालन गरी नतिजा सुधार भएको पाईन्छ भने त्यसपछि २०७१ सालदेखि मंगलसैन श्रोत केन्द्रमा कार्यरत बिष्टको मंगलसैन श्रोतकेन्द्रका प्रधानाध्यापक र षोडशादेवि माध्यामिक विद्यालय मंगलसैनले संयुक्त रुपमा बिदाई गरेका हुन् । विद्यालयका प्रधानाध्यापक शिवराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर केसी रहनुभएको थियो । 

प्रमुख अथिति केसीले श्रोत व्यक्ति विष्टले जिल्लाको शैक्षिक सुधारका लागि आफ्ना नवीन विचार कार्य गरेको भन्दै शैक्षिक गुणस्तर बृद्धिका लागि उहाँको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । बिदाई कार्यक्रममा बोल्दै श्रोत व्यक्ति विष्टले आफुले सेवा अवधिभर मन बचन र कर्मले शिक्षा क्षेत्रलाई सुधार गर्न काम गरेको र सबैको सद्भाव पाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो । काम गर्ने मान्छेको मूल्यांकन हुने भन्दै उहाँले सबै शिक्षकलाई अनुशाशित, लगनशिल र प्रतिबद्धताका साथ काम गर्न आव्हान गर्नुभयो । 

आफ्नो ड्युटी प्रतिबद्धताका साथ पूरा गरी शैक्षिक गुणस्तर बृद्धि गर्न लाग्नुपर्ने उहाँको भनाई छ । आफुले स्वेच्छिक अवकास लिएको र समाजसेवाको फरक पाटोमा जाने भन्दै आफु जहाँ गएपनि शिक्षा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सधै लागिरहने उहाँको भनाई छ ।

शिक्षा क्षेत्रको सुधार नभएसम्म अन्य विकास समेत नहुने आफ्नो विश्वास रहेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरबहादुर रावलले श्रोत व्यक्ति विष्टले आफ्नो लगनशिलता, मेहनत, शैक्षिक र आर्थिक पारदर्शीताका लागि अपनाउनु भएका नीतिले शैक्षिक गुणस्तरमा टेवा पुग्ने कार्य गरेको बताउनु भयो । श्रोत केन्द्रमा अतिरिक्त कक्षा, शिक्षकलाई कर्तव्यनिष्ठ भई शिक्षण गर्नुपर्ने कुरालाई जोड दिनुभएकोले शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुगेको उहाँको भनाई छ । 

कार्यक्रममा हाल जिम्मेवारी पाउनु भएका श्रोत व्यक्ति बृकेश बोगटी, मंगला नेरा मावि ओलिगाउका प्राधानाध्यापक बमबहादुर थापा, गंगा माविका प्रधानाध्यापक मनिराज भण्डारी, कात्यायनि माविका लोकबहादुर शाही, कुन्ती माविका प्रधानाध्यापक मदन बोगटी लगायतले विदाई मन्तव्य राख्दै उहाँले शैक्षिक गुणस्तर सुधारका लागि गर्नुभएको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो । 

कार्यक्रममा श्रोत व्यक्ति विष्टलाई दोसल्ला, ढाँकाटोपी, अबिर फुलमाला तथा उपहार सहति बिदाई गरिएको छ । कार्यक्रमको संचालन कालिका मावि विरपथका प्रधानाध्यापक तपेन्द्र शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी