मङ्सिर २०, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताए"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला स्थपना गरिन्छ: प्रधानमन्त्री

२० मंसिर २०७३, सोमबार ११:२०

मङ्सिर २०, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे । 

दोस्रो संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको उनले स्पष्ट परे । उनले भने– “अहिले संविधान संशोधनमार्फत आमनेपालीको चाहना अनुरुप तीन तहको निर्वाचनमा जानुको विकल्प छैन ।” 

मुलुकको विकासका लागि भारत र चीनसँग त्रि–देशीय साझेदारी हुन जरुरी रहेको उनको भनाइ थियो । वर्तमान अवस्थामा राजनीतिक जोडघटाउभन्दा पनि राष्ट्रलाई समृद्ध बनाउने दिशामा सबैको ध्यान जानुपर्ने उनले बताए । 

सो अवसरमा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले २०७३ सालको प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरे । विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित वासस्थान, सिमसार क्षेत्र तथा जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएबापत उपभोक्ता समूहलाई उक्त पुरस्कार दिइएको हो । पुरस्कारको राशि दुई लाख रहेको छ । 

यसैगरी, एक लाख राशि रहेको विज्ञान पुरस्कार धनुषाका डा मनोजकुमार यादवलाई प्रदान गरिएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडसँग म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकताअनुसार विभिन्न रङको लेजर उत्पादन गर्न सकिने तथ्यको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रतिपादन गरेकामा यादवलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

एक लाख राशि रहेको प्रविधि पुरस्कार सिन्धुपाल्चोकका डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । डढुवा रोग अवरोधक वर्णशङ्कर गोलभेँडाहरुको उत्कृष्ट जात विकास गरी किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पु¥याएबापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो । 

यसैगरी, जनही रु ७५ हजार राशि रहेको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाहले पाएका छन् । 

समारोहमा प्रज्ञा–प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङका रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । 

द वल्र्ड एकेडेमी अफ साइन्सेस पुरस्कार रसुवाका डा सरस्वती आचार्यले  पाएका छन । सो पुरस्कारको राशि रु एक लाख नौ हजार (एक हजार डलर) बराबरको रहेको बताइएको छ । 

यसैगरी, नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गरेका छन् । पुरस्कार पाउनेहरुमा ओखलढुङ्गाका प्रा डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा डा कृष्णदास मानन्धर र ललितपुरका प्रा डा सिर्जनलाल श्रेष्ठ  रहेका छन । पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको छ । 

नास्टद्वारा प्रदान गरिने दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार पाउनेहरुमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका विमला ढकाल र प्राणी शास्त्र केन्द्रीय विभागका श्यामकुमार पुन रहेका छन् । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । 

सो अवसरमा नास्टमा कार्यरत डा तिमिला श्रेष्ठ, प्रा डा रामवृक्ष शाह, चन्द्रलेखा कायस्थ, गोपालप्रसाद काफ्ले र प्रा डा रामस्वार्थ रायलाई सम्मान गरिएको थियो । यसैगरी, दिपाश्री रावल, डा बुद्धराम शाह, डा रवीन्द्रप्रसाद ढकाल, रोशन पाण्डे, हरिराम श्रेष्ठ, रानु शर्मा, दिलीप श्रीवास्तव, सञ्जयश्वर श्रेष्ठ, प्रेमबहादुर कार्की, तीर्थमाया नेपाली र द्रोणनाथ डङ्गोललाई प्रशंसापत्र प्रदान गरिएको नास्टका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले जानकारी दिए  । 

यस्तै, नास्टमा स्वयम्सेवकका रुपमा कार्यरत किताजुमी हाजुमी र चुन डोङ्गलीलाई पनि कदरपत्र वितरण गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री दाहालले स्वतन्त्र कर्मचारी युनियन नास्टद्वारा प्रकाशित स्मारिकाको विमोचन पनि गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै