सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमा"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान संशोधन बिधेयक खारेजीको माग गदै भालुवाङमा बिरोध प्रदर्शन

२० मंसिर २०७३, सोमबार १३:२०

सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले संविधान संसोधन बिधेयक खारेजी बिरुध विभिन्न नाराबाजी सहित प्रर्दशन गरेका हुन । 

बिरोध सभालाई सम्बोधन गदै अखिल नेपाल किसान संघ केन्द्रिय सदस्य प्रेमनारायण आचार्यले भारतको ग्रेट डिजाईनमा ल्याईएको संविधान संसोधन बिधेयकले देश सिक्किमीकरण, फिजिकरण र भुटानीकरणको दिशामा गएको बताए । उनले पाँच प्रतिशत मधेसी सांसदहरुको माग सम्बोधन गर्ने नाम संविधान संसोधन गरेर देशको राष्ट्रिय एकता, स्वाभिमान माथि धावा बोल्ने काम प्रचण्ड सरकारले गरेको आरोप लगाए । नेता शर्मा देशमा संघियता नै घातक भएकोले हाम्रो पार्टीले संघियता खारेजीका लागि संविधान संसोधन बिधेयक गर्दा गर्ने तयारीमा लागेको बताए । सभालाई सम्बोधन गदै नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारीले नेपालको ईतिहासमा पहिलो पटक जनता आफैले बनाएको संविधान कार्यान्वयन नगदै संसोधन गर्दा राष्ट्रियता खतरामा परेको बताए । त्यसका लागि एमालेले सडक र सदनबाट संघर्ष गर्ने र संविधान संसोधन बिधेयक पारित हुन नदिने बताए । सभालाई नेकपा क्रान्तिकारीका गणेश केसीले भारतीय दलालहरुले ल्याएको संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने बताए । उनले संविधान संसोधन बिधेयककै कारण प्रचण्ड सरकार धरापमा परेको समेत बताए ।   

संयुक्त संघर्ष समितिका क्षेत्रिय संयोजक तथा राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको बिरोधसभामा नेकपा एमालेकी रत्ना तिवारी, अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष कमला बेल्बासे र स्थानिय व्यापारी बिक्रम पाण्डे सञ्चालन संघर्ष समितीका क्षेत्रिय सचिव तथा नेकपा एमालेका लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसालले गरेका थिए । बिरोधसभा अघि भालुवाङ पूल्चोकमा टायर बालेर आधा घण्टा चक्काजाम सहित संविधान संसोधन बिधेयक बिरुध संविधान संसोधन बिधेयक खारेज गर, हिमाल पहाड तराई कोहि छैन पराई, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, बैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय एकता जिन्दाबाद, सम्पूर्ण देश भक्त शक्ति एक हौँ, सयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

मंगलबार भालुवाङमा मसाल जुलुस प्रदर्शन र बुधबार दाङ बन्द गरिने 

    संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गदै बुधबार गर्ने दाङ बन्दको पूर्वसन्ध्यामा मंगलबार भालुवाङ पुल्चोक बजारमा साँझा ५ बजे मसाल जुलुस प्रदर्शन र कोण सभा गरिने संयुक्त संघर्ष समितीका सदस्य एवम् राष्ट्रिय जनमार्चा क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माले जानकारी दिए । संघर्ष समितीले मंगलबारको मसाल जुलुस र बुधबारको दाङ बन्दलाई सहयोग गरिदिन सम्पूर्ण राष्ट्रभक्ति नेपाल जनता, उद्योगी, व्यापारी, पत्रकार र सुरक्षा निकाय संग समेत आग्रह समेत गरेको छ ।

संविधान संशोधन विधेयक खारेजीको माग गदै सिसहनियाँमा पनि  विरोध सभा

संविधान संशोधन प्रस्ताव दर्ता खारेजीको माग गर्दै देउखुरीको सिसहनियाँमा पनि प्रर्दशन तथा विरोध सभा गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सिसहनियाँ बजारमा प्रर्दशन गरेको हो । विरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले सिंगो देशलाई टुकारेर द्धन्द निम्ताउन लागेकाले  उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरेको छ । साथै उनीहरु दाङ, प्युठान, रुकुम, रोल्पा र सल्यानलाई ५ नंं. प्रदेशमा नराखे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सवै जातजाती, भाषा , धर्मका नेपालीहरु मिलेर बसेको देशलाई टुकारेर द्धन्द सिर्जना गर्न खोजेको आरोप समेत उनीहरुले लगाएका छन् । सभालाई सम्बोधन गर्ने वक्ताहरुले सरकारले भारतको इसारामा चलेर पहाड र तराईलाई अलग्गाउन खोजेको बताएका थिए । 

विरोध सभालाई सिसहनियाँ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डरी, व्यापारीहरु भरतप्रसाद पाण्डे, तेजप्रसाद भुसाल र मधु सुवेदी लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । विरोध सभा पुर्व उद्योगी व्यापारीको एक टोलीले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव खारेज गर, हिमाल पहाड तराई कोइ छैन पराई, दाङ, प्युठान, रुकुम, रोल्पा र सल्यानलाई ५ नंं. प्रदेशमा कायम गर जस्ता नारा लगाउदै सिसहनियाँ बजार परिक्रम गरेका थिए । सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको सभाको सञ्चालन संघका कोषाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली