मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्ल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीको एउटा विद्यालय, जहाँ तीन जना मात्र पढ्छन

२१ मंसिर २०७३, मंगलवार ०५:१८

मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् ।

त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योति प्राविको १ देखि ३ कक्षासम्म तीन जना विद्यार्थी रहेका छन् । यी तीनवटै विद्यालयमा दुईजना शिक्षकले तीनजना विद्यार्थीलाई पढाइरहेका छन् ।

तीनवटामा मात्रै होइन जिल्लामा ८० वटा प्रावि तहका विद्यालयमा दुई/तीन जना शिक्षकका लागि २० भन्दा कम विद्यार्थी रहेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताए ।  बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

“सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म गाभ्ने तयारीमा छौँ”, थापाले भने। सूचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाइँसराइ प्रमुख कारण हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य