२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलंकी चोकमा चारैतिरबाट घेरेर के बनाइदैछ ? (हेर्नुहोस् १२ तश्विर)

२१ मंसिर २०७३, मंगलवार १५:०९

मङ्सिर २१, काठमाडौं | काठमाडौंको अति व्यस्त चोक कलंकीमा पछिल्लो समय जहिले पनि जाम पर्ने गरेको छ । त्यसो त केहि बर्ष अघिमात्र कलंकी चोकमा हालिएको आकासे पुल समेत भत्काइएको छ । साथै कलंकीको व्यस्त सडकको बीचमा चारैतिरबाट जस्ताले घेरिएको छ । जसको कारण अहिले कलंकीमा दैनिक निकै लामो समयसम्म जाम पर्ने समस्या छ । खासमा कलंकीमा के गर्न खोजिएको छ त ?

तलको नमूना तश्विरमा जस्तै कलंकीमा ‘अन्डर पास’ रोड निर्माण गर्नेगरी नयाँ अत्याधुनिक संरचना बनाउने गरि कलंकीमा तीब्र गतिमा काम भईरहेको छ । जुन नेपालकै पहिलो नमुना ‘अन्डर पास’ रोड हुनेछ । चत्रपथ विकास आयोजना अन्तर्गत यो ‘अन्डर पास’ रोड निर्माण चीनको कम्पनीले तिब्र गतिमा अघि बढाईरहेको छ । त्यहाँ काममा खटिएका एक जना चिनिया कामदारले अबको डेढ देखि दुई बर्षमा कलंकीमा ८ सय मिटर लम्बाइको नेपालकै पहिलो 'अन्डरपास रोड' रोड निर्माण गर्ने गरि काम गर्दै आएको साझा सबाललाई बताए । 

यो निर्माणसँगै कलंकीमा हुने दैनिक जाम र ट्राफिक समस्या हट्नेछ । साथै अन्तराष्ट्रिय स्तरको अन्डरपास रोड समेत निर्माण हुनेछ । आयोजनका निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार यो आयोजना २०१८ को जुलाईसम्ममा निर्माण पूरा गरिसक्ने लक्षका साथ अघि बढाईएको छ । यसको निर्माणसँगै चक्रपथमा गुड्ने कुनैपनि सवारी साधन कलंकीमा रोकिनुपर्ने छैन भने अरु स्थानमा जाने सवारीहरु पनि सहज रुपमा आवतजावत गर्न सक्नेछन । त्यस्तै नयाँबसपार्कपट्टिबाट कलंकी चोक हुँदै थानकोट तर्फ जाने सवारी साधन र थानकोटपट्टिबाट बल्खुतर्फ जाने सवारीहरु समेत बिना रोकतोक आवतजावत गर्न सक्नेछन् । 

निर्माण हुँदै गरेको स्थानको १२ तश्विरहरु तल हेर्नुहोस 

कलंकीमा यस्ता पिल्लरमात्र ३०० को संख्यामा निर्माण गरिन्छ जुन अहिले जमिनमा गाड्ने काम भईरहेको छ । 












प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य