देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान संसोधन बिधेयक प्रस्ताब पारित नभए प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु पर्छ-उपाध्यक्ष पौडेल

२२ मंसिर २०७३, बुधबार १६:१९

देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले संसदमा पेश गरिएको संविधान संसोधन बिधेयक पारित नभए नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु पर्ने बताईएकी छिन् । 

संविधान संसोधन बिधेयक खारेजीको माग गदै संयुक्त संघर्ष समिती क्षेत्र नम्बर २ ले बुधबार गरेको दाङ बन्द पछिको कोणसभालाई सम्बोधन गदै नेतृ पौडेलले भारतको ईसारामा संविधान संसोधन कुनै पनि हालतमा नहुने बताईन् । व्यवस्थापिका संसदकी सांसद समेत रहेकी नेतृ पौडेलले संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गरेकी छिन् । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले सयुक्तको कोणसभालाई प्रमुख बक्ताको रुपमा बोल्दै नेतृ पौडेलले देशलाई सिक्मिीकरण, फिज्पिकरण र भुटानीकरणको दिशामा लैजान प्रचण्ड सरकारले विभिन्न बाहनामा संविधान संसोधन बिधेयक ल्याएको आरोप लगाईन् । संविधान संसोधनको नाम प्रचण्ड सरकारले अंकिकृत नागरिकलाई राज्यको कार्यकारणी पद दिने जस्ता राष्ट्रघाती निर्णय नेपाली जनतालाई कुनै पनि हालतमा मान्य हुँदैन नेतृ पौडेलले भनिन् । बिश्वमा कुनै त्यस्तो देश छैन जहाँ अंकिकृत नागरिक त्यो देशको कार्यकारणी प्रमुख पद दिने प्रतिप्रश्न गरिन् । संविधान संसोधन भारतको एजेण्डा भएको आरोप लगाउँदै नेतृ पौडेलले वर्तमान सरकार भारतीय सरकारको दलाली र चाकारी सरकार भएको समेत बताईन् । उनले अब हामीले देशलाई बचाउन तथा राष्ट्रिय एकता, अखण्डता कायम गर्न संसदमा संघियता खारेजीको बिधेयक दर्ता गराउने बताईन् । नेपालमा भारतको ईसारामा जर्बजस्ती ल्याईएको संघियताकै कारण राष्ट्रिय एकता नै धरापमा परेको भन्दै संघियता बिरोधी आन्दोलनलाई कडाईका साथ अघि बढाउने चेतावनी समेत दिईन् । उपाध्यक्ष पौडेलले संविधान संसोधन बिधेयकको बिषय उठाएर प्रचण्ड सरकारले आफ्नो दिनगन्ती शुरु भएको चेतावनी समेत दिईन् । उनले यही आन्दोलनले नै बिदेशी दलालको प्रचण्ड सरकार कति टिक्छ टिक्दैन हेरेर बस्न चेतावनी समेत दिईन् ।  संविधान संशोधन गरेर देशको राष्ट्रिय एकता, स्वाधिनता र एकता माथि धावा बोल्ने काम सरकारले गरेको भन्दै कडा आपत्ति प्रकट गरिन् । उनले देश सिक्मिकरणको दिशामा गई सकेको संकते गदै पछि पछुतायर बस्नुको बिकल्प हुँदैन पौडेलले भनिन् । त्यसका लागि राष्ट्रघाती संविधान संसोधन बिधयेक खारेजीका लागि सम्पूर्ण जनताहरुलाई राष्ट्रियताको आन्दोलनमा समाहित हुन आह्वान गरिन् ।         

सयुक्त संघर्ष समिति क्षेत्र नम्बर २ का संयोजक तथा राष्ट्रिय जनमार्चा क्षेत्र नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गदै नेकपा माओवादी क्रान्तिकारीका गणेश केसीले संविधान संसोधन बिधेयकका बिरोध सञ्चालन गरिएको आन्दोलन निर्णायक बनाउने बताए । उनले यो आन्दोलन राष्ट्रबादी नेपाली एकताका लागि भएको बताउँदै नेता पाण्डेले प्रचण्ड सरकारप्रति आक्रोश व्यक्त गरे । संविधान संसोधन बिधेयक दर्ता खारेजीको माग गर्दै संविधान शंसोधनले देशमा द्धन्द्ध निम्त्याउने बताए ।  उनले संबिधान संशोधन राष्ट्रलाई हित नगर्ने खालको भएको भन्दै खारेज गर्न माग गरे । सरकारले फुटाउको राजनिति सुरु गरेको भन्दै नेता केसीले आलोचना समेत गरेका ।

कोणसभालाई अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद चौधरी, युवा संघ नेपाल क्षेत्र नम्बर २ का अध्यक्ष बाबुराम गैरे, अनेरास्वयु पराम्भिक कमिटीका अध्यक्ष नबिन वली लगायतका बक्ताले भारतको ईसारामा नेपालमा गतिबिधी हुने गरेको भन्दै संविधान संशोधनको नाममा पाँच नम्बर प्रदेशका जिल्लाहरुलाई फुटाउको राजनिति गरेको आरोप लगाएका छन् । उनीहरुले मिलेर बसेको प्रदेशमा युद्ध निम्त्याउने गरी दलहरुले गरेको दुस्प्रयासलाई आफुहरुले कदापी नमान्ने भन्दै आक्रोश ब्यक्त गरेका थिए । कोणसभाको सञ्चालन संयुक्त संर्घष समितीका सदस्य तथा राष्ट्रिय जनमोर्चाका इोत्रिय इन्चार्ज होमप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै