देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्"/>

2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान संसोधन बिधेयक प्रस्ताब पारित नभए प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु पर्छ-उपाध्यक्ष पौडेल

देउखुरीको भालुवाङमा संयुक्त संघर्ष समितीको बिरोधसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले संसदमा पेश गरिएको संविधान संसोधन बिधेयक पारित नभए नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु पर्ने बताईएकी छिन् । 

संविधान संसोधन बिधेयक खारेजीको माग गदै संयुक्त संघर्ष समिती क्षेत्र नम्बर २ ले बुधबार गरेको दाङ बन्द पछिको कोणसभालाई सम्बोधन गदै नेतृ पौडेलले भारतको ईसारामा संविधान संसोधन कुनै पनि हालतमा नहुने बताईन् । व्यवस्थापिका संसदकी सांसद समेत रहेकी नेतृ पौडेलले संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गरेकी छिन् । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले सयुक्तको कोणसभालाई प्रमुख बक्ताको रुपमा बोल्दै नेतृ पौडेलले देशलाई सिक्मिीकरण, फिज्पिकरण र भुटानीकरणको दिशामा लैजान प्रचण्ड सरकारले विभिन्न बाहनामा संविधान संसोधन बिधेयक ल्याएको आरोप लगाईन् । संविधान संसोधनको नाम प्रचण्ड सरकारले अंकिकृत नागरिकलाई राज्यको कार्यकारणी पद दिने जस्ता राष्ट्रघाती निर्णय नेपाली जनतालाई कुनै पनि हालतमा मान्य हुँदैन नेतृ पौडेलले भनिन् । बिश्वमा कुनै त्यस्तो देश छैन जहाँ अंकिकृत नागरिक त्यो देशको कार्यकारणी प्रमुख पद दिने प्रतिप्रश्न गरिन् । संविधान संसोधन भारतको एजेण्डा भएको आरोप लगाउँदै नेतृ पौडेलले वर्तमान सरकार भारतीय सरकारको दलाली र चाकारी सरकार भएको समेत बताईन् । उनले अब हामीले देशलाई बचाउन तथा राष्ट्रिय एकता, अखण्डता कायम गर्न संसदमा संघियता खारेजीको बिधेयक दर्ता गराउने बताईन् । नेपालमा भारतको ईसारामा जर्बजस्ती ल्याईएको संघियताकै कारण राष्ट्रिय एकता नै धरापमा परेको भन्दै संघियता बिरोधी आन्दोलनलाई कडाईका साथ अघि बढाउने चेतावनी समेत दिईन् । उपाध्यक्ष पौडेलले संविधान संसोधन बिधेयकको बिषय उठाएर प्रचण्ड सरकारले आफ्नो दिनगन्ती शुरु भएको चेतावनी समेत दिईन् । उनले यही आन्दोलनले नै बिदेशी दलालको प्रचण्ड सरकार कति टिक्छ टिक्दैन हेरेर बस्न चेतावनी समेत दिईन् ।  संविधान संशोधन गरेर देशको राष्ट्रिय एकता, स्वाधिनता र एकता माथि धावा बोल्ने काम सरकारले गरेको भन्दै कडा आपत्ति प्रकट गरिन् । उनले देश सिक्मिकरणको दिशामा गई सकेको संकते गदै पछि पछुतायर बस्नुको बिकल्प हुँदैन पौडेलले भनिन् । त्यसका लागि राष्ट्रघाती संविधान संसोधन बिधयेक खारेजीका लागि सम्पूर्ण जनताहरुलाई राष्ट्रियताको आन्दोलनमा समाहित हुन आह्वान गरिन् ।         

सयुक्त संघर्ष समिति क्षेत्र नम्बर २ का संयोजक तथा राष्ट्रिय जनमार्चा क्षेत्र नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गदै नेकपा माओवादी क्रान्तिकारीका गणेश केसीले संविधान संसोधन बिधेयकका बिरोध सञ्चालन गरिएको आन्दोलन निर्णायक बनाउने बताए । उनले यो आन्दोलन राष्ट्रबादी नेपाली एकताका लागि भएको बताउँदै नेता पाण्डेले प्रचण्ड सरकारप्रति आक्रोश व्यक्त गरे । संविधान संसोधन बिधेयक दर्ता खारेजीको माग गर्दै संविधान शंसोधनले देशमा द्धन्द्ध निम्त्याउने बताए ।  उनले संबिधान संशोधन राष्ट्रलाई हित नगर्ने खालको भएको भन्दै खारेज गर्न माग गरे । सरकारले फुटाउको राजनिति सुरु गरेको भन्दै नेता केसीले आलोचना समेत गरेका ।

कोणसभालाई अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद चौधरी, युवा संघ नेपाल क्षेत्र नम्बर २ का अध्यक्ष बाबुराम गैरे, अनेरास्वयु पराम्भिक कमिटीका अध्यक्ष नबिन वली लगायतका बक्ताले भारतको ईसारामा नेपालमा गतिबिधी हुने गरेको भन्दै संविधान संशोधनको नाममा पाँच नम्बर प्रदेशका जिल्लाहरुलाई फुटाउको राजनिति गरेको आरोप लगाएका छन् । उनीहरुले मिलेर बसेको प्रदेशमा युद्ध निम्त्याउने गरी दलहरुले गरेको दुस्प्रयासलाई आफुहरुले कदापी नमान्ने भन्दै आक्रोश ब्यक्त गरेका थिए । कोणसभाको सञ्चालन संयुक्त संर्घष समितीका सदस्य तथा राष्ट्रिय जनमोर्चाका इोत्रिय इन्चार्ज होमप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो