मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने भुभालाई समेटेर मध्यवर्ती क्षेत्र बनाउने तयारी थालिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने भुभालाई समेटेर मध्यवर्ती क्षेत्र बनाउने तयारी थालिएको छ । 

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानियको असन्तुष्टि विच ढोरपानलाई मध्यवर्ती क्षेत्र तोक्ने तयारी

२०७३, २३ मंसिर बिहीबार १३:०२

कृष्ण कँडेल | मंसिर २२, बागलुङ | 


मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने भुभालाई समेटेर मध्यवर्ती क्षेत्र बनाउने तयारी थालिएको छ । 

बातावरणीय संरक्षणमा स्थानिय समुदायको अपनत्व बढाएर आरक्षको आम्दानीबाट प्रभावित क्षेत्रको विकस गरि उनिहरुको जीविको पार्जनमा सुधारका गर्न बागलुङ, म्याग्दी र रुकुमका १० वटा गाविसलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न लागिएको आरक्ष कार्यालयले जनाएको छ । 

बागलुङका बोबाङ, अधिकारीचौर, निसी र बोङ्गादोभान म्याग्दीका लुलाङ र गुर्जाखानी तथा रुकुमका तकसेरा, जाङ, हुकाम र रन्मामैकोट गाविस समेटेर मध्यवर्ती क्षेत्र बनाउनका लागि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा प्रश्ताव पठार्ईको प्रमुख संरक्षण अधिकृत अणनाथ बारालले जानकारी दिए । 

‘मध्यवर्ती तोक्नका लागि जैविक विविधता संरक्षणका हिसाबले उपयुक्त गाउँ, बन्यजन्तुबाट प्रभावित क्षेत्र, प्रचुर पर्यटकिय सम्भावना जस्ता पाँच आधार पुरा हुनुपर्छ ।’ बरालले भने, ‘हाम्रो अध्ययनमा यि सवै आधार पुगेको पाईएपछि आरक्षले गर्नुपर्ने सवै तयारी पुरा गरि विभागमा फाईल पठाएका छौँ ।’ 

मध्यवर्ती घोषणाको प्रक्रिया पुरा गर्न विभाग पुगेको फाईल अब बन तथा भुसंरक्षण मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पेश गरि मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने  हुन्छ । 

प्रश्तावित १० गाविसमध्ये मध्यवर्ती क्षेत्रका घोषणाको लागि रुकुमको तकसेरा र म्याग्दीको लुलाङ तथा गुर्जाखनीले मात्र सहभती दिएका छन् । बाँकी ७ गाविसमा भने पुरै सहमती हुन सकेको छैन । मध्यवर्ती क्षेत्र घोषण भएपछि सदियौँदेखि गर्दै आएको चरीचरन बन्द हुने, खोलामा माछामार्न नपाईने, दारपात लगायत साधन स्रोत प्रयोग गर्न पनि कार्यालयले रोक लगाउने भन्दै उनिहरुले असन्तुष्टि जनाएका छन् । 


बोबाङका स्थानिय पनबहादुर विकले मध्यवर्ती क्षेत्र तोकिए आरक्ष स्थापना नहुँदैदेखि वसोवास गर्दै आएका तथा त्यहाँको साधनस्रोतको संरक्षण र उपयोगबाट जीविकोपार्जन गर्ने रैथाने वासिन्दा विस्थापित हुने तर्क गरे । 

तर गुर्जाखानीका झकबहादुर छन्त्यालले भने मध्यवर्ती भएपछि आरक्षको आम्दानीबाट समुदायको सहभागीता र निर्णयमा आधा रकम स्थानिय विकासमा खर्च गर्न पाईने भएकाले तत्काल मध्यवर्ती तोक्न माग गर्छन् ।

मध्यवर्ती क्षेत्र प्रस्ताब कायान्वयन भए आरक्ष संरक्षणको पहिलो जिम्मेवारी समुदायमा नै रहने र बर्षेनी संकलन हुने लाखौँ रुपयौँ राजश्वको आधा हिस्सा समुदाय मार्फत परिचालन गरि स्थानीयको समृद्धिको लागि काम हुने आरक्ष कार्यालयले जनाएको छ । आरक्ष कार्यालयले प्रभावित क्षेत्रका ६ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरि ४७ बस्तीलाई समेटेर मध्यवर्ती क्षेत्र प्रश्ताव गरिएको छ । 

मध्यवर्ती क्षेत्र भएपछि आरक्ष क्षेत्रमा रहेका बन्यजन्तु, जडिवुटि जस्ता जैविक विविधता र वातावरणीय संरक्षणको पहिलो दाईत्व समुदायको हुने भएकाले दिगो रुपमा संरक्षण र व्यवस्थापन हुने सहायक संरक्षण अधिकृत पशुपती अधिकारीले बताए । 


‘राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनले आरक्षको आम्दानीको ३० देखि ५० प्रतिशत प्रभावित क्षेत्रको सामुदायिक विकासमा खर्च गर्न पाईने ब्यवस्था गरेको छ ।’ अधिकारीले भने, ‘त्यसपछि लागु हुने हिमाली राष्ट्रिय निकुञ्ज नियमाले स्थानियलाई काठ दाउरा, जडिवुटि संरक्षण सहित उपयोग तथा चारिचरण अनुमती दिएको छ ।’

असन्तुष्टि देखिएका ७ गाविसमा पनि सवैको असहमती नरहेको अधिकारीको भनाई छ । ‘मुलुकको एक मात्र शिकार आरक्षको संरक्षणमा समुदायसँग राज्यले सहकार्य गर्न खोज्दा चोरी शिकार गर्ने, अतिक्रमण गरेका, जाडीवुटी तथा काठ तस्करी गर्ने केहिले विरोध छन् ।’ उनले भने, ‘हामीले स्थानियलाई पनि कुनै कुरा नलुकाई आवस्था जे छ त्यहि अनुसारको फाईल विभाग पठाएका छौँ, अवको काम विभागदेखि माथिको हो ।’ 

ढोरपाटन शिकार आरक्षलाई एक दकश भन्दा पहिलेदेखि नै मध्यवर्ती क्षेत्र घोषणा गर्ने प्रयास हुँदै आएपनि स्थानियको विरोधका कारण अहिलेसम्म घोषणा हुन सकेको छैन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ