२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?

२३ मंसिर २०७३, बिहीबार १३:४०

नरजन तामाङ । मंसिर २३,  हुम्ला । 'कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?' यो प्रश्न संबिधानमा ब्यबस्था भए बमोजिम कार्यान्वयन नभएकोले जिम्मेवार निकायहरुलाई हुम्लाका दलितहरुले सोधेका हुन् । 

सदरमुकाम सिमकोटदेखि ४३ कोष टाढा रहेको कालिका गाविसमा आयोजना गरिएको धार्मिक महोत्सवमा  दलितहरुलाई रोक लगाएको छ । 

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको भाग ३ को धारा २४ मा जातिय छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था घोषणा भएता पनि हुम्ला जिल्ला कार्यमै रहेको छ ।

धार्मिक साँस्कृत सेवा समाज हुम्लाले  कालिका गाविस लौठि गाउँमा मंसिर  १६ गते देखि संचालन गरेको धार्मिक  महत्सवमा डुम जाती भन्दै दलितलाई  प्रवेशमा रोक लगाएको श्रीनगर निवासी भिमबहादुर परियाले बताए ।

हुम्लाको दक्षिण ५ गाविसका बासिन्दाहरुको विवाह, वतवन्ध,लगन शुभकार्य र दान लगायत संयुक्त रुपमा गर्ने भन्दै गरिएको आयोजनमा दलितलाई रोक लगाएको हो । कम खर्च हुने भएपछि आफ्नो छोरा हिक सुनारको वर्तबन्धका लागि गएका श्रीनगर ३ का भौरे सुनारलाई दलित भन्दै महोत्सवमा प्रवेश गर्न दिइएन । 

सबैले आफ्नो छोराहरुको वर्तबन्ध गरेको सुनेपछि महोत्सव स्थलमा पुगेका सुनार आफू केही नगरेर घर फर्किनु परेको बताए । त्यस क्षेत्रमा बाहुन शाही, क्षेत्री जाती र दलित समुदायको वाहुल्याता भयता पनि दलित समुदाय लाई अझै उच्च  जातिको घर भित्र पस्न र छोएको पानी समेत नचलाउने गरेको समेत सुनारले बताएका छन ।

दलित समुदायकै कतिपय छोराछोरीहरुको जन्मकुण्डलीमा मंसिर महिना भित्रै  वर्तबन्ध गर्नुपर्ने भयता पनि संचालन भएको धार्मिक महत्सभवमा दलिजाती लाई रोक लगाउँदा दलित समुदाय खाली हात लिएर र्फकेका छन । 

धार्मिक साँस्कृतीक सेवा समाजले आयोजना गरेको धार्मिक महत्सवमा आयोजक समितिले समेत दलित प्रवेस रोक लगाएको बारेमा केहि प्रतिक्रिया नदिएको श्रीनिगर बाट कालि बहादुर थापाले बताउनु भयो । 

धार्मिक साँस्कृतीक सेवा समाजका सल्हाकार सदस्य हरिप्रसाद जैशीले समेत दलित सुमदाप प्रति निज भावले महत्सभवमा नर्छिन भनेपछि  दलितहरुलाई  वास्तविकताका बारेमा छानविन गर्नको लागि सम्बनिध निकायामा जाहेर गर्ने बताएका छन ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले भने धार्मिक महोत्सवमा दलितजातीका छोराको ब्रतबन्ध गर्न नदिनु भनेको अमानविय व्यवहार भएको समेत बताउनु भयो ।

त्यसको वास्तविक घटनाको बारेमा बुझी  कानुन बमोजिम कारबाही गर्ने  बताए । केहि दिन यता कालिका गाविसमा मन्दिर निमार्ण गर्ने भन्दै धार्मिक सप्ताह संचालन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने