मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ, २ बर्षमै ४८ किमीको सडक बनिसक्ने

२४ मंसिर २०७३, शुक्रबार ०२:४७

टोखा–नुवाकोट सुरुङमार्ग यसरी बन्नेछ


मंसिर २४, काठमाडौं | काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो ।

असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको  वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए । ‘सुरुङमार्ग निर्माणका लागि एआइआइबीमा प्रस्ताव पेस भएको छ । अर्थ मन्त्रालयमार्फत एआइआइबीमा प्रस्ताव पेस भएको हो,’ बादेले भने, ‘एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । ‘भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमार्फत एआइआइबीमा पेस भएको हो । लगानी जुटाउन अहिले छलफल जारी छ ।’

सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४.५ किमि भएमा चारदेखि पाँच अर्ब र ६ किमि भएमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ ।

शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंह फाँटसम्मको सुरुङमार्ग घटीमा ४.५ र बढीमा ६ किमिसम्मको र चार लेनको हुनेछ । सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ (४८ किमि) सडकमा जोडिनेछ । सो सडक निर्माण गर्न सडक विभागले ठेक्का सम्झौता गरिसकेको छ ।

सडक विभागको वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट उत्तरी नाका केरुङसम्मको दूरी छोटो हुने बताए । ‘सुरुङमार्ग निर्माणसँगै दूरी छोटो हुनेछ । यसले केरुङ नाकामार्फत चीनसम्मको पहुँच विस्तार गर्नेछ,’ श्रेष्ठले भने, ‘चिनियाँ सामग्री छोटो अवधिमै काठमाडौं आइपुग्नेछ ।’ – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे