२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाविसको भवन निर्माणपछि स्थानियबासि खुसि

२४ मंसिर २०७३, शुक्रबार १०:२७

नन्दराम जैशी । मंसिर २४, जुम्ला | जुम्ला मालिकाठाँटा गाविसको भवन निर्माण भएपछि गाविसबासि खुसि भएका छन् । जुम्ला सदरमुकाम देखी १८ कोष टाढा रहेको मालिकाठाँटा गाविसको मानेचौरमा भवन निर्माण गरीएको छ । 

इतिहास देखी निश्चित स्थानमा बिना कार्यालय सेवा दिइरहेको गाविसको भवन निर्माण भएपछि सेवा लिन सहज हुने आशामा गाविसबासि खुसि भएका हुन् । एक औपचारीक कार्यक्रमका बिच उक्त भवन मंसिर २१ गते मंगलबार उद्घाटन गरीएको छ ।

कहिले कसैको घर तथा कहिले सदरमुकामबाट गाविसबासिलाइ जानकारी दिएर सेवा दिइरहेको मालिकाठाँटा गाविसको भवन स्थापना भएपछि अब एउटै स्थानबाट सेवा लिन सहज हुने आशामा रहेको वडा नागरीक मञ्चका संयोजक जैसरा बुढाले बताउनुभयो । आगामि दिनमा गाविसले कार्यालयबाट छिटो र सहज रुपमा सेवा दिने स्थानियले विस्वास लिएका छन् । 

गाविसको ६ लाख रकम सहित मालापानि गाँउका स्थानियको जनश्रमदानबाट करीब १ महिनाको अवधिमा दुइतले भवन निर्माण कार्य सम्पन्न भएको हो । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले पहिलो पटक गाविसको कार्यालय स्थापना भएकोमा खुसि ब्यक्त गर्दै स्थानियलाइ गाँउमै सेवा दिन निर्देशन दिनुभएको छ । पहिले गाविसबासिले सेवाका लागि सँधै सदरमुकाम धाउनु पर्ने बाध्यता अब सहज हुने उहाले बताउनुभयो । 

गाविस सचिब कमल घर्तिले भवन निर्माण कार्यका लागि सहयोग गर्नुहुने सबै निकाय तथा स्थानियलाइ आर्शिबाद दिदै मालिकाठाँटा गाविसले अन्य गाविस भन्दा नमुनाको रुपमा घरदैलो सेवा दिएको दावि गर्नुभयो । गाविसका सामाजिक परीचालक ज्ञानु बुढाले आगामि दिनमा पनि सबैको सहयोगले गाविसमा प्रभावकारी सेवा बितरण गर्ने प्रतिबद्धता गर्नुभयो । यसैबिच गाविस सचिब कमल घर्तिका अनुसार उक्त गाविसको नँया भवनमा २५ औ गाँउ परीषद सम्पन्न भएको छ । 

गाविसले ग्रामिण सडक रोड, शिक्षा, स्वास्थ्य, विधुत्, खानेपानि लगाएतका क्षेत्रमा विकासका लागि ४५ लाख ४८ हजार बढि रकम बजेट विनियोजित गर्दै २५ औ गाँउ परीषद सम्पन्न भएको हो । विगतका बर्षमा घरको छत तथा ओडारमा गर्दै आएको गाँउपरिषद यसबर्ष गाविस भवनमै हुँदा मालिकाठाँटा २ जुम्लाकोटका प्रेम बहादुर बस्नेतले खुसि ब्यक्त गर्नुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य