2026-10-15 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाविसको भवन निर्माणपछि स्थानियबासि खुसि

नन्दराम जैशी । मंसिर २४, जुम्ला | जुम्ला मालिकाठाँटा गाविसको भवन निर्माण भएपछि गाविसबासि खुसि भएका छन् । जुम्ला सदरमुकाम देखी १८ कोष टाढा रहेको मालिकाठाँटा गाविसको मानेचौरमा भवन निर्माण गरीएको छ । 

इतिहास देखी निश्चित स्थानमा बिना कार्यालय सेवा दिइरहेको गाविसको भवन निर्माण भएपछि सेवा लिन सहज हुने आशामा गाविसबासि खुसि भएका हुन् । एक औपचारीक कार्यक्रमका बिच उक्त भवन मंसिर २१ गते मंगलबार उद्घाटन गरीएको छ ।

कहिले कसैको घर तथा कहिले सदरमुकामबाट गाविसबासिलाइ जानकारी दिएर सेवा दिइरहेको मालिकाठाँटा गाविसको भवन स्थापना भएपछि अब एउटै स्थानबाट सेवा लिन सहज हुने आशामा रहेको वडा नागरीक मञ्चका संयोजक जैसरा बुढाले बताउनुभयो । आगामि दिनमा गाविसले कार्यालयबाट छिटो र सहज रुपमा सेवा दिने स्थानियले विस्वास लिएका छन् । 

गाविसको ६ लाख रकम सहित मालापानि गाँउका स्थानियको जनश्रमदानबाट करीब १ महिनाको अवधिमा दुइतले भवन निर्माण कार्य सम्पन्न भएको हो । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले पहिलो पटक गाविसको कार्यालय स्थापना भएकोमा खुसि ब्यक्त गर्दै स्थानियलाइ गाँउमै सेवा दिन निर्देशन दिनुभएको छ । पहिले गाविसबासिले सेवाका लागि सँधै सदरमुकाम धाउनु पर्ने बाध्यता अब सहज हुने उहाले बताउनुभयो । 

गाविस सचिब कमल घर्तिले भवन निर्माण कार्यका लागि सहयोग गर्नुहुने सबै निकाय तथा स्थानियलाइ आर्शिबाद दिदै मालिकाठाँटा गाविसले अन्य गाविस भन्दा नमुनाको रुपमा घरदैलो सेवा दिएको दावि गर्नुभयो । गाविसका सामाजिक परीचालक ज्ञानु बुढाले आगामि दिनमा पनि सबैको सहयोगले गाविसमा प्रभावकारी सेवा बितरण गर्ने प्रतिबद्धता गर्नुभयो । यसैबिच गाविस सचिब कमल घर्तिका अनुसार उक्त गाविसको नँया भवनमा २५ औ गाँउ परीषद सम्पन्न भएको छ । 

गाविसले ग्रामिण सडक रोड, शिक्षा, स्वास्थ्य, विधुत्, खानेपानि लगाएतका क्षेत्रमा विकासका लागि ४५ लाख ४८ हजार बढि रकम बजेट विनियोजित गर्दै २५ औ गाँउ परीषद सम्पन्न भएको हो । विगतका बर्षमा घरको छत तथा ओडारमा गर्दै आएको गाँउपरिषद यसबर्ष गाविस भवनमै हुँदा मालिकाठाँटा २ जुम्लाकोटका प्रेम बहादुर बस्नेतले खुसि ब्यक्त गर्नुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने