मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म "/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउपुरमा अनौठो गुफा भेटियो ,प्रचार प्रसार र संरक्षणको पर्खाइमा –भिडियो सहित

२६ मंसिर २०७३, आईतवार १३:००

मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म पुगेर अबलोकन गरेका छन् । पहिलेपहिले गाउँमा गुफा भएको भनिएता पनि भित्रि भाग सम्म पुगेर त्यसको अबलोकन हुन सकेको थिए । गुफाभित्र अध्यारो रहेकोले सहज रुपमा जान समेत कठिन रहेको  शनिवार गुफा अबलोकन गर्न पुगेका जननेत्र माविका शिक्षक भूमिराज शर्माले बताए । गुफामा दुइ वटा मुख रहेको र गुफा भित्र विभिन्न आकृतिका बुट्टेदार चट्यानहरु रहेको उनले बताए । गुफाकोविचमा रहेका बस्तुहरु हटाउन सकेमा माथिल्लो भागबाट प्रवेश गरी तल्लो मागबाट निस्कने सम्भावना छ, उनले भने । गुफाको तल्लो भाग केहि साँघुरो भएकोले भित्र पस्नको लागि केहि कठिनाई भएको उनले बताए । उक्त भागको आफुहरु १५ मिटरसम्म भित्र पुगेको उनको भनाई थियो । गुफाको माथिल्लो मुखबाट छिर्दा भने निकै फराकिलो र चारैतिर फैलिएको भाग भेटिएको छ । उक्त स्थानमा सयौ मानिसहरु सजिलै अटाउन सक्ने क्षमता रहेको उनले बताए । उक्त भागको ५० मिटरसम्म आफुहरु पुगेको उनले जानकारी दिए ।

विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण तथा अबलोकन गरेपछि आफ्नो गाउँमा भएका पर्यटकीय  सम्भावनाहरुको खोजी गर्ने क्रममा स्थानीय बुढापाकाहरु बाट सो स्थानमा गुफा रहेको तर भित्र गएर विस्तृत जानकारी हासिल गर्न नसकिएको बुझेपछि ४ जनाको टोली सहित आफु त्यहाँ पुगेको उनले जानकारी दिए ।आजको सहारान्यूजले खबर छापेको छ ।

टच लाइटको व्यवस्था गरी गुफाको केहि भाग भित्र पसेपछि साँघुरो घाटीमा रहेको ढुंगा पन्छाउँदा भित्र ठूलो भाग देखिएको र त्यसभित्र विभिन्न आकृतिहरु भेटिएको उनले बताए । गुफा बाहिर हेर्दा साँघुरोद्धार रहेता पनि भित्रभाग भने खुला र फराकिलो रहेको शर्माले बताए । उक्त गुफाभित्र अबलोकनका क्रममा भगवान् गणेशको आकृति, गाइका थुन, पिरामिड शैलीमा रहेका चट्टान, माहुरीका घारजस्ता चुन ढुंगा तथा विभिन्न चम्कने बस्तुहरु भेटिएको उनले जानकारी दिए ।

शर्मासँगै अबलोकन गर्न पुगेका शिक्षक सुर्यप्रसाद शर्माले आफ्नै गाउँमा भेटिएको गुफाको प्रचारप्रसार गर्न सके पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित हुने बताए । आफुले अन्य धेरै गुफाहरुको अबलोकन गरेता पनि उक्त गुफाको आकृति र प्रकृति अनौठो र मनमोहक रहेको उनले बताए । गुफा अबलोकन गर्न पुगेका स्थानीबासी उदय रिजालले गुफाको एतिहासिक तथा धार्मिक  महत्व बोकेको बताए ।  उनले  गुफामा खनिजपदार्थ जस्तो तरलपदार्थ चट्यानमा बगेको जस्तो देखिएको र मनमोहक दृश्यहरु रहेको अनुभव सुनाए ।

देउपुर ५ आदर्श प्राविका शिक्षक नारायण प्रसाद पौडेलले सात बर्ष पहिले आफुले विद्यार्थीहरु लिएर सो गुफामा पुगेको तर अध्यारो भएकोले १० मिटरभन्दा भित्र पस्न नसकेको जानकारी दिए ।  जननेत्र मावि कक्षा ८ मा अध्ययनरत छात्र बिशाल राज शर्माले गुफा निकैनै रमाइलो रहेको बताए । गुफामाथि  रहेको चौरमा भलिबल खेल्नेक्रममा बल त्यहि खाल्डोमा खस्ने र हराउने गरेको समेत त्यहाँका युवाहरुले बताउँछन् । प्रचारप्रसार गर्न सके जिल्लाको आकर्षक पर्यटकीय स्थलका रुपमा उक्त गुफा पनि परिचित हुने स्थानीयबासी बताउँछन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य