२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ– पौडेल

२०७३, २७ मंसिर सोमबार १३:०४

मंसिर २७, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । 

नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । 

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुरियाउने पनि उहाँले बताउनुभयो । 

सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग रायमाझी, दमौली अस्पतालका अध्यक्ष हरिराज कँडेल र जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डित लगायतले सो भवन निर्माण भएपछि सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने बताउनुभयो । 

रु। दुई करोड ५६ लाख २६ हजारको लागतमा करिब १८ महिनामा सो भवनको निर्माण कार्य सक्ने लक्ष्य लिएको छ । 

यसैबीच नेता पौडेलले आज नै छाब्दी मार्गको निरीक्षण गर्नुका साथै बैरेनी खानेपानी आयोजनाको समेत उद्घाटन गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित