मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्"/>

2026-09-20 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दश वर्षभित्र देशमै रोजगार हुने व्यवस्था भैसक्यो – मन्त्री जोशी

मंसिर २९ पर्वत । वागलुङको नमूना सामुदायिक विद्यालय गणेश माध्यमिक विद्यालय नारायणस्थान ५ वलेवामा श्रीमद् भागवत तथा धनधान्यञ्चल महायज्ञ आजवाट शुरु भएको छ । 

विद्यालयलाई विश्व परिवेश सुहाउँदो व्यवहारिक, प्राविधीक, बैज्ञानिक, सुचना तथा सञ्चार प्राविधियुक्त गुणस्तरिय शिक्षा प्रदान गरि देशकै एक नमुना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ सुरु भएको हो । आजवाट शुरु भएको महायज्ञ पौष ५ गतेसम्म सञ्चालन हुने छ । उक्त महायज्ञको उद्घाटन नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले गरेका छन् । महायज्ञको उद्घाटन गदै मन्त्री जोशीले १० वर्षभित्रमा युवाहरुलाई स्वदेशमै रोजगार दिने कुरामा वर्तमान सरकारले पूर्वाधार सृजना गरेको उल्लेख गरे । आजको सहारान्यूजले खबर छापेको छ ।

वन्द रहेका उद्योगहरु सञ्चालनको तयारी भएको र नयाँ उद्योगा स्थापनाको खाका तयार भैसकेको बताउँदै उद्योग कलकारखाना सञ्चालन गरेर स्वदेशमै     स्वरोजगार सृजना गरिने दावी  गरे ।

उद्योग क्षेत्रको विकासका लागि साना घरेलु उद्योग स्थापनाका लागि ३ देखि ५ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने गरी नीति ल्याउन लागिएको जानकारी दिँदै मन्त्री जोशीले निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले वागलुङ र पर्वतलाई पर्यटन मार्फत अगाडि बढाउन सकिने ठुलो संभावना रहेको बताउँदै त्यस सम्बन्धि खाका बनाएर अगाडी वढ्न उनले सुझाव दिए । कार्यक्रमममा वागलुङ क्षेत्र नम्बर २ का साँसद प्रकाश शर्मा पौडेल, वागलुङ ३ का साँसद ज्ञानकुमारी छन्त्याल, समानपातिक साँसद रत्ना शेरचन, पर्वतका समानुपातिक साँसद कल्पना चापागाई, भागवत भाष्कर यूवा पण्डित कमलनयन गौतम, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुप्रसाद अधिकारी, वागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे,स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, पर्वतका व्यवासायी विषमकुमार श्रेष्ठ, होमनारायण श्रेष्ठ, समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । 

यस्तै नेपाली काँग्रेस वागलुङका सभापति दिपेन्द्र थापा, नेकपा एमाले वागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका योगेन्द्र पौडेल, नयाँ शक्ति पार्टिका चित्र सापकोटा , विद्यालयका पूर्व विद्यार्थी धुर्व श्रेष्ठ लगायतका वक्ताहरुले महायज्ञ सफलताको कामना व्यक्त गरेका  थिए ।

पहिलो दिनमै २५ लाख संकलन

महायज्ञको पहिलो दिनमानै २५ लाख रुपैयाँ संकलन भएको छ । बाग्लुङ घर भई कुश्मामा होटल र फर्निचर व्यवसाय गर्दै आएका विशम कुमार श्रेष्ठ र भरतकुमारले श्रेष्ठले आफ्ना बाजे मानबहादुर श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठको नाममा मान रत्न स्मृति कोषको नाममा १५ लाख रुपैयाँ विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनीहरुले उक्त स्मृति कोषबाट बर्षेनी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी कोष बनाउनको लागि घोषणा गरेको विशम कुमार श्रेष्ठले जानकारी दिए । पहिलो किस्ता स्वरुप हामीले १५ लाख बोलको हौं हामी पछि पनि रकम थप्दै जान्छौ यो कोष १५ लाखमानै रोकिन्न, विषम कुमार श्रेष्ठले  भने ।


मानरत्न प्रतिष्ठान नारायणस्थानका अध्यक्ष एवं समाजसेवी दुर्गाप्रसाद श्रेष्ठले १५ लाखको सहयोगको घोषणा गरेको हो । पर्वतका व्यवसायी होमनारायण श्रेष्ठले ५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।  सात दिनसम्म सञ्चालन हुने उक्त महायज्ञमा भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले कथा प्रवचन गरिने महायज्ञ आयोजक मुल समितीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले साझासवालकर्मीलाई जानकारी दिए ।


महायज्ञवाट ४ करोड रुपैयाँ आर्थिक सहयोगको अपेक्षा लिइएको महायज्ञ मुल आयोजक समितिका सचिव एवं विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा सुबेदीले बताए । संकलित रकम विद्यालयको शैक्षिक एवं भौतिक विकासमा लगानी गरिने तथा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासमा लगानी गर्ने आयोजकले जनाएको    छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो