२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मेलाका आकर्षण हेलिकप्टर सयरदेखि डुङ्गा सफारीसम्म

२०७३, ३० मंसिर बिहीबार ०८:४१

मंसिर ३०, परासी । नवलपरासीको सुनवलमा जारी औद्योगिक व्यपार मेलामा आधुनिक गायक रमेशराज भट्टराईले दर्शकलाई आफनो संगितले निकै समय लोभ्याएका थिए । खागगरि युवा जमात पप तथा आधुनिक संगितमा रमाउने हुँदा कलाकार भट्टराईले मेलाको सबैको आकर्षणका केन्द्र बिनदु बन्न पुगेका थिए । मेलाको  सातांै दिन सांस्कृतिक मञ्चमा उभिएका बेजोड प्रस्तुती लिए भट्टराई दिउँसोदेखि साँझसम्म दर्शकहरुलाई मनोरन्जन गरेका थिए ।

युवाहरुले भट्टराईको संगितमा रमाउदै पटक पटक भट्टराईकै संगितको डिमाण्ड गर्ने गरेको सांस्कृति कार्यक्रम उप समितीका संयोजक शंकर नेपालले जानकारी दिनु भयो । त्यस्तै लोक गायिका सपना गाहा र दिपक गरौजाले पनि मेलामा उधम मचाएका थिए । ति कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरु सांस्कृतिक मन्चतर्फ तानिएका थिए । मेलाको स्टल घुम्ने, बाल उद्यानमा रमाउने र डुङ्गा सफारी गरेपछिको थकान सांस्कृतिक मन्चले मेटने गरेको दर्शकहरुले जानकारी दिए । 

मेलामा डुङ्गा दर्शकको आकर्षण केन्द्र

नवलपरासीको सुनवलमा संचालित मेलामा डुङ्गाले दर्शकहरुलाई आकर्षण गरेको छ । सुनवलमा जारी तेश्रो पश्चिमाञ्च स्तरीय औद्योगि व्यपार मेलामा विशेष आकर्षणको रुपमा डुङ्गा संचालन गरेपछि डुङ्गाको आकर्षणले दर्शकहरुको मेलामा चाप बढेको पाइएको छ । मेला स्थलको उत्तरतर्फ खोलामै कृति पोखरी बनाई २ वटा डुङ्गा संचालन गरिएको छ । पोखरीको आकर्षणका लागि पोखरीमा सयांैको संख्यामा हाँसहरु छोडिए छ । दिनहुँ करिब सय जनाले डुङ्गा सफारी गर्ने गरेको मेला मुल समितिका संयोजक तथा उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले जानकारी दिनु भयो । कृतिम पोरीमा डुङ्गा भएपनि प्राकृति डुङ्गा सफारीको अनुभुती हुने गरेको दर्शहरुले बताए । मेलामा आउने अधिकांश दर्शकहरु डुङ्गा सफारी गर्ने गरेका छन् जसमध्ये बढि युवा तथा बालबालिका हुन्छन् । 

मेलामा दर्शकहरुलाई सांस्कृतिक मन्च तथा बाल उद्यान, लोभ्याई रहदा यता डुङ्गाले झनै आदर्शकहरु तानेको पाइएको छ । मेलामा आउनु भन्दा पहिला देखि नै मेलामा डुङ्गा सफारी गर्ने अधिकांश दर्शकहरुले मानसिक तयार भई आउने गरेको दर्शकले बताए । मेलामा डुङ्गाको कमालले मेला थप आकर्षित हुदै गएको संघका अध्यक्ष थापाले बताउनु भयो । 

जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाशमा मेरा विशेष पहल : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्द बहादुर पुनले नवलपरासी जिल्लाका महत्वपुर्ण धार्मिक स्थलहरुको विकासका लागि सम्बन्धित मन्त्रालयमा विशेष पहल गर्ने बताउनु भयो । उपराष्ट्रपति पुनले गत २३ गते नवलपरासीको सुनवलमा आयोजित औद्योगिक व्यपार मेलाको उद्दघाटन गर्दै जिल्लाको रामग्राम स्तुप, त्रिवेणीधाम, मदारबाबा, दाउन्नेदवी, मौलाकालिका मन्दिर लगायतका विभिन्न एैतिहाकि धार्मिक स्थलहरुको पर्यटकिय क्षेत्रको रुपमा विकाशका लागि विशेष पहल गर्ने जानकारी दिनु भयो । 

मुलुकको आर्थिक समृद्धि र विकासमा नवलपरासीका उद्योगी ब्यवसायीको ठूलो योगदान रहेको उपराष्ट्रपति पुनले भन्दै जिल्लमा औद्योगिक कोरिडोरको स्थापना र महेसपुर भन्सारको स्तर उन्नतीका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत जनाउनु भयो । जिल्ला उद्योग ब्यवसाय र पर्यटनको क्षेत्रमा निकै उर्वर जिल्ला भएको हुदा सरकारले यहाँका उद्योगी ब्यवसायीसंग मिलेर दिर्घकालिन योजना बनाएर अघि बढनु पर्ने धारणा राख्दै शान्तिका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको एक मात्र रामग्राम स्तुप, बुद्धको मावली देवदह(पण्डितपुर) यसै  जिल्लामा रहेको विश्वमै चिनाउन आवश्यक रहेको धारणा राख्नु भयो । 

मेलाका आकर्षणहरु

संचालित मेलामा भगवान गौतम बुद्धको आमा मायदेवी मन्दिर आकृतिको मुख्य प्रवेश द्धार, डुङ्गा सफारी, हेलिकप्टर सयर, सांस्कृतिक, बाल उद्यान र उँट विशेष आकर्षणको रुपमा रहेको छ । शान्ति समृद्ध उद्योग र व्यापार राष्ट् निमार्णको बलियो आधार मुल नाराका साथ आयोजित मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्य रहेको मेला प्रवक्ता तथा संघका महासचिव गिरीराज पाण्डेयले जानकारी दिनु भयो । 

मेलामा राखिएका २ सय स्टलहरुमा  घरेलु उत्पादनका सामाग्री, छालाका जुत्ताचप्पल, कृषी उपज, जडिबुटी, औधोगिक मेशेनरी, तथा उपकरण, अटोमोबाईल्स, इलेक्ट्रोनिक्स, मोवाइल, सूचना प्रविधि, फर्निचर, तयारी पोसाक, लघु उद्यमका उत्पादन समेतका सामाग्रीहरु राखि प्रदर्शनी गरिएको छ भने जिल्ला महत्वपुर्ण धार्मिक स्थलहरुको श्रब्य दृश्य वृत्तचित्र मार्फत प्रस्तुतीकरण भैरहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो । 

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म व्यापक प्रचार प्रसार गराउदै शिक्षा, स्वास्थय र सुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ