पुस २, काठमाडौँ | तेह्रथुमको सङ्क्रान्ति बजारमा शुक्रबार बिहान आगलागी हुँदा पीडित बनेकाहरुको खानेबस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज निर्देशन दिएको छ ।
पीडितलाई आवश्यक पर्ने सामग्रीको विवरण उपलब्ध गराउन प्रजिअ मुनका न्यौपानेलाई निर्देशन दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गृह मन्त्रालय, विपत् व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर रावतलाई खाद्यान्नसहितका सामग्री सो ठाउँमा तुरुन्त पु¥याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । रासस