रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“म प्रेम गर्दिन विहे गर्छु”

२०७३, ४ पुष सोमबार ०३:३४

रतन धामी ।

समय र परिस्थितिले मानिसलाई संधैजसो एकैसाथ बुझ्ने मौकानै कहाँ दिन्छ र ? मानिसले गरेका हरेक कार्य पछि मात्र उसको जीवन जिउने तरिका र अवस्था परिवर्तन हुन्छ । जहाँ हरेक दिनमा आउने विहानीको लालीकिरणसँगै जुरमुराएका कुटुट सम्बन्धहरू साँझपख क्षितिजमा घामले बिट मार्न नपाउँदै मौषमी विजहरू उम्रिन थाल्छन् । विहानीमा फक्राउने, दिउँसो ओइलाइदिने अनि साँझ पख सानो वतासको एक झोक्काले झराईदिन्छ । त्यहि समय सापेक्ष चल्ने गरेका सबैका दिनचर्यालाई नियाल्दै केहि समयलाई बुझ्ने मौकालाई पुर्णविराम लाग्न नदिन सम्भावित आउन सक्ने समस्याको खोजी गरी केहि गन्तब्य निर्धारण गर्दैछु ।

आँखाले र नाकले चाख्दा त मान्छे प्राय सबै रसबरी जस्तै गुलिया र परफ्युम जस्तै सुगन्धित हुन्छन् । तर नाता गुलियो र वास्नादार त त्यो बेला मात्र लाग्छ जसलाई मनले चाहन्छ र आत्माले स्विकार्छ । सबै गुलिया सुगन्धित हुदैनन्, र सुगन्धित सबै गुलिया पनि हुदैनन् । कुरा जे जस्तो भएपनि यथार्थमा सुगन्धित वास्नादार समन्ध नै असली जीवनको रसबरी हुन् । परिवर्तित यो समयमा कोसँग कसरी भेट हुन्छ र कोसँग कसरि सम्बन्धको विजारोपण हुन्छ भन्ने कुरा  सबै नसिवमै निर्धारित भएर  आउँछ । मानिस सँगको निकट्ता, आत्मियता र  प्रेम; सेकेण्डले नै निर्धारण गरि सक्छ । यहि भु-परिबेशमा हुर्किएको मान्छे यहाँका मान्छेका चरित्र पढ्नु अनि लेख्नु नै मेरा जीवनका डायरीहरू बनेका छन् ।

प्रेम र विहे एक अर्काका परिपुरक हुन । यहाँ विहे गर्नलाई प्रेमको जरुरी छ तर प्रेम नै नगरी विहे गर्न सकिन्न भन्ने कुरा पनि छैन । प्रेम विग्रेकाको लागी कानुन हो भने सज्जनको लागी कुलत हो । दार्शनिकले भने प्रेम ज्ञानको स्रोत हो । प्रेमले उनिहरूको गन्तव्य तर्फ फर्काउँछ । तर यहाँ मानिसका चक्रहरु त्यति सजिला गरि का घुम्छन !!  जिन्दगिका अनेकन मोडमा यात्रा गर्नुपर्छ जुन अवस्थामा अनगिन्ति मानिससँग भेट हुन्छ, मित्रता हुन्छ, मायाँ बस्छ र सम्बन्ध अगाडी बड्न खोज्छ, अक्सर त्यहि मान्छेसँग आफ्नै मिल्ने साथिको मन रुजेको भेटिन्छ । लामो समयसम्म चलिरहेको सम्बन्ध विस्तारै दुई मित्रता विच चिसोपनाको दरार पनि बढ्न जान्छ । र अन्त्यमा उनिहरू नै एक अर्काका दुश्मन हुन्छन् । जीवन जीउने दौतरीका लागी खोजी नगरेको पनि होईन र नपाएको पनि होईन तर समस्या त्यहि हो !

चुईङगम लामो समयसम्म चपाई राख्दा बंगारा र कञ्चढलाई पिडा दिन्छ नि ! त्यसैगरि विहे पुर्व कुनैपनि सम्बन्ध खुलेआम लामो समयसम्म चल्न जान्छ भने त्यसमा त्यति नै लामो खालका मानसिक समस्याहरु दिईरहन्छ, जसका कारणले डिप्रेशनको असर देखिन्छ । प्रेमको अन्त्य विवाह हो, तर विवाह नै पुर्ण अन्त्य होइन । मित्रतालाई संधै सक्रिय राख्न व्यक्ति निकट निष्क्रिय राख्नु पर्छ भन्ने मान्यतालाई मेरो मन-मस्तिष्क र नाडीले स्विकार्यको छ । तर व्यक्ति निकट रहेपछि त विहे गर्नु पर्छ !!  त्यसैले मैले माथि नै भनिसके  मानिससँगको निकट्ता, आत्मियता र  प्रेम; सेकेण्डले नै निर्धारण गरि सक्छ !!! अत: म प्रेम गर्दिन विहे नै गर्छु ॥ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा