पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बागलुङ गोल्डकप’ फुटबल प्रतियोगिता माघमा

४ पुष २०७३, सोमबार ०४:०४

पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा विजेता समूहलाई रु एक लाख र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, फरवार्डर, अनुशासित समूह, प्रशिक्षकलाई रु पाँच हजारका दरले पुरस्कार दिने व्यवस्था गरिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न कुल रु ११ लाख ९१ हजार ५०० खर्च लाग्ने अनुमान गरिएको सञ्जालका अध्यक्ष राजकुमार बोसेलले जानकारी दिनुभयो । “बागलुङमा फुटबल गतिविधि सुस्ताएपछि प्रतियोगिता आयोजना गरेका हौँ” अध्यक्ष बोसेलले भन्नुभयो “आवश्यक खर्च जुटाउन सहयोग अभियान चलाएका छौँ, सबै पक्षको सहयोगको अपेक्षा गरेका छौँ ।” 

सञ्जालले दुई वर्षअघि पनि ठूलो पुरस्कार राशिको ‘इमेज गोल्डकप’ आयोजना गरेको थियो । त्यसयता बागलुङमा फुटबलको ठूला प्रतियोगिता हुन सकेका थिएनन् । सञ्जालले अबदेखि बर्सेनि बागलुङ गोल्डकपको नाममा प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह