पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमि"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

चित्रेमा माओवादी केन्द्र गठन

४ पुष २०७३, सोमबार ०५:३२

पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा जगन गुरुङ, सचिवमा शेरबहादुर परियार, कोषाध्यक्षमा देवी पौडेल, सहसचिवमा भाइ कुमारी तमू रहेका छन् । त्यस्तै सदस्यहरुमा रामकृष्ण सुनार, लवबहादुर सुनार, बलबहादुर परियार, निरु सुनार, लक्ष्मी विक, गणेश, परिर्वतन, संघर्ष, टसी, सोभाखर लम्साल, कोपिला मणि लम्साल, मित्रलाल लम्साल, जौमाया नेपाली र मनकुमारी सुनार हरेका छन् ।

सोही भेलाले बलबहादुर परियारको नेतृत्वमा ९ सदस्ययी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गाउँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा रामकृष्ण सुनार, सचिवमा भिमबहादुर सुनार, कोषाध्यक्ष मनादेवी सुनार , सहसचिव शेरबहादुर परियार रहेका छन् । त्यस्तै सदस्यहरुमा आइते परियार, जौमाया नेपाली, फुलमान परियार र बत्ती विक रहेका छन् ।

सोही भेलाले जौमाया नेपालीको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गाउँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा निरु सुनार, सचिवमा देवी पौडेलल, कोषाक्ष्यमा सुष्मा विक रहेका छन् । त्यस्तै सदस्यहरुमा फुलमाया परियार, मनदेवि सुनार, सन्जु सुनार, दुर्गा सुनार, बत्ति विक, चन्द्र कुमारी सुनार, पंचमाया विक, जैसुभा विक र कोपिला क्षेत्री रहेका छन् ।

नेकपा माओवादी केन्द्र पर्वतका इन्चार्ज तथा पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकार (हिमाल)को आथित्यतामा भएको भेलालमा बोल्दै हिमालले माओवादी पार्टीनै जनताको बास्तविक पार्टी भएको बताए । उनले पछिल्लो राजनीतिक अबस्थामा  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशलाई समुन्त मार्गमा लैजानको लागि निकै प्रयास गरिरहेको र केहि राजनीतिक दलहरुले त्यसको विरुद्धमा भ्रम छरी देशलाई विखण्डनतिर लैजान खोजेको बताए । उनले नेकपा एमाललेले  सिंमाकनमा नाममा सडक र सदन अबरोध गर्नु कुनै औचित्य नभएको दाबी गरे । उनले एमालेले आफैले ल्याएको लोकमान विरुद्धको महाअभियोग प्रस्ताब समेतलाई प्रभावित पारेको बताए । स्थानीय तहको निर्वाचनमा माओवादी राष्ट्रको प्रमुख पार्टी बन्ने दाबी समेत गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य ढाकाराम गौतम, दिपक आचार्य, दुर्गा बहादुर तमू लगाएतको सहभागीता रहेको थियो । धनबहादुर ढुंगनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन गणेशले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने