११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुकाइएका मानवअधिकार हननका घटनाक खोज्न सुझाव

५ पुष २०७३, मंगलवार ०९:४०

पूस ५, रोल्पा । सांसद अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार हननका घटना सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । 

इन्सेक रोल्पाले आज सदरमुकाम लिवाङमा गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७’ को पूर्वसमीक्षा कार्यक्रममा सांसद पुनले राजनीतिक पद र शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको बताउँदै जिल्लाका मानवाधिकार क्षेत्रमा काम गर्ने संस्था र सञ्चारमाध्यमलाई त्यस्ता घटना बाहिर ल्याउन आग्रह गर्नुभयो । 

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१६ मा जिल्लामा भएका मानवअधिकार १४ उलङ्घनसम्बन्धी घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रतिवेदनमा उल्लिखित मानवाधिकार उल्लङ्घनका घटनामा बोक्सी आरोप, बालविवाह, शिशु हत्या, बालक हत्या, बलात्कार, पतिद्वारा हत्या दुई दुई तथा यौन दुव्र्यवहार र नागरिकता नबनाइदिएको एक घटना उल्लेख छ । प्रतिवेदनमा घरेलु हिंसाका २५ घटना समेत समावेश गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले गाउँ गाउँमा हुने मानवाधिकार उल्लङ्घनका घटनालाई समावेश गर्नुपर्ने सुझाव दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै