५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’

५ पुष २०७३, मंगलवार ०९:५६

पुस ५, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं ।’

मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए ।

उनले सरकारले सकेसम्म चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको समेत स्पष्ट पारे । उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे ।

उनले प्रतिपक्षी दलको संसद अवरुद्धका कारण निर्वाचनसम्बन्धी विद्येयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो पोख्दै भने,‘अहिले संसद अवरुद्ध छ, संसद अवरुद्ध खुलाउनको लागि प्रधानमन्त्रीले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहुनभएको छ ।’

उनले संसदको जारी गत्यावरोधपनि आगामी ७ गतेविहानभित्रै हल हुने समेत विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले भने,‘सभामुखको कार्यकक्षमा भएको तीन दलको बैठकलाई विचार गर्दापनि ७ गते विहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ ।’

उनले मधेशी मोर्चा लगायत थारुहरुपनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए । मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्नको लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचिमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले जिकिर गरे ।

उनले संशोधन प्रस्ताव परिमार्जनको लागि बहस गर्न सकिने तर फिर्ता नहुने भनेर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोलिसकेकोले प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे । उनले सरकारले भुकम्पपीडितहरुको राहतको लागि र पूर्ननिर्माणको लागि सरकारले काम गरिरहेको बताए । यद्धपी सरकारले चाहेकोजसरी काम हुन नसकेको उनले स्विकार गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप