२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिप्लब माओवादीद्वारा उपत्यका बन्दको घोषणा

२०७३, ५ पुष मंगलवार ११:११

पूस ५, काठमाडौं । नेकपा (माओवादी) ले पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ ।

सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै उक्त मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको विप्लव माओवादीले मंगलबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यही पुस ३ गते देखि लागु हुने गरि नेपाल आयल निगमले पोट्रोलियम पदार्थको मुल्य प्रति लिटर ४ रुपैँया पचास पैसाका दरले वृद्धि गरेको छ ।

अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने विप्लव माओवादीले बताएको छ ।

एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला , राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै पुस ६ गते विहान ९ बजे देखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको नेकपा माओबादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता