कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नु"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाईनमै बसको टिकट बुकिङ गर्न सकिने

२०७३, ६ पुष बुधबार ०३:४७

कृष्ण कँडेल/पुस ६, बागलुङ । तपाई यात्रामा कतै बाहिर जाँदै हुनुन्छ भने अब टिकट काट्नका लागि बसपार्क र टिकट काउन्टरसम्म पुग्नु पर्दैन । बसको टिकट घरमै बसेर अनलाईनबाटै लिन सक्नुहुन्छ । 

ईन्टरनेटमा नागरिकको पहुँच बढेको र समयको बचत गरि कम जनशक्तिबाटै गुणस्तरिय सेवा दिने उदेश्यलले रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालि बागलुङले अनलाईनबाट टिकट सुरु गरेको छ । यातायात व्यवसायलाई प्रविधिमैत्री, गुणस्तरिय र मर्यादित बनाउन ईसेवा एप्लिकेशन मार्फत भुक्तानी गर्ने  गरि अनलाईनबाट टिकट लिन सकिने गरि व्यवस्था गरिएको रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक उमेश केसीले बताए । 

बससेवा डटकम अनलाईन साईटसँगको सहकार्यमा अनलाईन टिकट प्रणाली प्रयोगमा ल्यार्ईएको हो । साईटमा गएर त्यहाँ मागिएको जानकारी भरेपछि ईसेवा मार्फत भुक्तानी गरि सिट नम्बर सहितको टिकट बुकिङ गर्न सकिने केसीले बताए । 

‘प्रविधिमा भएको विकासले मानिसको जीवनलाई सहज, सरल र स्तरिय बनाएको छ ।’ केसीले भने, ‘यातायात सेवालाई पनि यात्रुको माग अनुसार सुविधायुक्त र मर्यादित बनाउन प्रविधिको प्रयोग अनिवार्य छ, त्यसैले हामीले गुणस्तरिय सेवा सहित टिकटपनि अनलाईनबाटै लिन सकिने बनाएका हौँ ।’

अनलाईनबाट टिकट लिनेलाई भाडामा एक सय रुपैयाँ छुट रहेको छ । अनलाईन टिकट प्रणालीलाई प्रोत्साहन गर्न छुटको व्यवस्था गरिएको केसीले बताए । 


रोडवेज टुर्स एण्ड ट्राभल्स प्रालि सात महिना पहिले दार्ता भएर मंसिर १ गतेदेखि बागलुङ–काठमाण्डौ रुटमा शौचालय जडित एसीयुक्त, एयरसपेन्सर, मिनिबार, वाइफाई सुविधा रहेका बस सञ्चालनमा ल्याएको छ । बागलुङ–काठमाण्डौ रुटको भाडा १ हजार २ सय रुपैयाँ कायम गरिएको छ । 

भाडामा ज्यष्ठ नागरिकलाई ५० प्रतिशत र अपाङ्गता भएकालाई ३३ प्रतिशत छुट दिईन्छ । 

अहिले रोडवेजले ३ करोडको लागतमा ३ ओटा बस सञ्चालनमा ल्याएको छ भने तत्काल थप पाँच ओटा गाडी थप्ने तयारी गरेको छ । त्यसका लागि ७ करोड लगानी आबश्यक पर्ने कम्पनीले जनाएको छ ।  कम्पनीले लगत्तै बागलुङ–वुटवल–सुनौली रुटमा पनि सौचालय जडित विशेष सुविधायुक्त बस सञ्चालन गर्ने तयारी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह