२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यौपानेको अध्यक्षतामा विपी स्मृति भवन निर्माण मूल समिति गठन

२०७३, ६ पुष बुधबार ०८:३३

प्रज्वल पौडेल । पौष ६, रामेछाप ।

 नेपाली काङ्ग्रेस रामेछापले विपी स्मृति भवन
निर्माण मूल समिति गठन गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापको
मंगलबार बसेको बैठकले लबश्री न्यौपानेको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेको
हो । समितिमा सचिव लेखबहादुर कार्की
,कोषाध्यक्ष कुमार श्रेष्ठ, सदस्यहरुमा झपडराज भण्डारी, चन्द्र राउत, नारायण
खड्का
,राजु श्रेष्ठ, सुमित्रा मोक्तान र जितेन्द्र मोक्तान
रहनु भएको छ । सदरमुकाम मन्थलीमा नेपाली काङग्रसको नाममा रहेको जग्गामा भवन
निर्माण गर्न लागिएको हो ।

यसैगरी माघ मसान्तभित्र  किसान संघको जिल्ला अधिवेशन सम्पन्न गर्न मदन
अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको काङ्ग्रेस रामेछाप सचिव
लेखबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा रामचन्द्र बस्नेत
, सुमित्रा मोक्तान, लालबहादुर तामाङ र इन्द्र माझी रहेका
छन् । बैठकले पौष १६ गते ४१ औ राष्ट्रिय मेलमिलाप दिवस रामेछापको गेलु गाविसमा
मनाउने निर्णय समेत गरेको छ ।

यसैविच बैठकले रामेछापको कोलन्जर घाटमा निर्माण
कार्य सूरु गरिएको सुनकोसी पक्की पूल सोहि स्थानमा छिटो निर्माण कार्य सूरु गर्न
नेपाल सरकार भौतिक निर्माण तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
पुललाई अन्यत्र सार्ने प्रयास भए काङग्रेस कडा आन्दोलनमा जाने निर्णय गरिएको सचिव
कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते