पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 
2026-06-25 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् अवरुद्ध गर्ने प्रवृति राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

2016-12-21

पुस ६, गुल्मी । उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरेका छन् । 

संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, नेपाली काँग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा आज आयोजित शोकसभामा उनले भने- “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।” 

नेपाली काँग्रेसका नेता समेत रहनुभएका उपप्रधान एवम् गृहमन्त्री निधिले एमालेलाई मुढेबल छोडेर सके विपक्षमा मतदान गर्नसमेत चुनौती दिए । प्रदेशको सीमाङ्कन गर्नुभनेको प्रदेश टुक्र्याउनु नभएको भन्दै उहाँले टुक्र्याउनु र सीमाङ्कन गर्नु अलग/अलग कुरा भएको टिप्पणी गरे । 

उपप्रधानमन्त्री निधीले संविधान संशोधन प्रस्ताव गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम र प्यूठानका जनताको हितमा भएको भन्दै यसले जनतालाई कमजोर हैन शक्तिमा वृद्धि गर्ने काम गरेको बताए । 

एमालेको ‘लहलहै’मा लागेर आन्दोलनमा उत्रनुको कुनै औचित्य नरहने भन्दै उनले आन्दोलनलाई छोडेर पार्टीको निर्णयमा साथ दिन काँग्रेस कार्यकर्तालाई निर्देशनसमेत दिए । 

शोकसभामा रक्षामन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँडले हामी सबैका लागि मुलुक ठूलो भएको भन्दै देशका गम्भीर मुद्दालाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन जटिल अवस्थामा पु¥याउन खोजेको आरोपल गाए । एमालेको राष्ट्रवादको नारा विल्कुलै नक्कली राष्ट्रवाद भएको टिप्पणीसमेत उनले गरे । 

वनमन्त्री शङ्कर भण्डारी, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, सांसद अर्जुनप्रसाद जोशी, धु्रव वाग्ले र कृष्णबहादुर छन्तेल लगायतले संविधान कार्यान्वयनमा सबै दलहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए । 

नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव जनताको हित विपरित भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ