पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमु"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

७ पुष २०७३, बिहीबार ०९:०४


पुस ७, इलाम । चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । 

चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन रु पाँच हजारमा बिक्री हुने गरेको किसान बताउँछन् । 

दुई वर्षयता भारतीय व्यापारीले नेपालमा उत्पादित चिराइतोमा मिसावट भएको भन्दै किन्न छोडेपछि किसान मारमा परेका हुन् । उचित मूल्य पाउने आशमा अघिल्लो वर्षको चिराइतो नबेची बसेका किसानको गोदाममा यस वर्षको उत्पादन समेत थपिएको छ । केही व्यापारीले चिराइतोमा कम गुणस्तरको भाले चिराइतो मिसाएर भारत निकासी गरेका कारण बजार खस्केको सुलुबुङका जडीबुटी कृषक युवराज पौडेलको भनाइ छ । 

तीन/चार वर्षअघि प्रतिमन रु ३० हजारसम्ममा किसानले सजिलै बेचेको चिराइतो गत वर्ष रु १५ हजारमा कारोबार भएको र यसपटक रु पाँच÷छ हजारमा बेच्न समेत धौ धौ परेको सोम राई बताउनुहुन्छ । 

चिराइतोको भाउ बर्सेनि घटेर लगानी नै उठाउन नसक्ने अवस्था आएपछि जिल्लाका करिब पाँच हजार व्यावसायिक किसान चिराइतो खेतीप्रति निराश बन्न थालेका छन् । यहाँका किसानले कम्तीमा २० मनदेखि ८० मनसम्म चिराइतो उत्पादन गर्ने गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य