पुस ७, काठमाडौं । सरकारले काठमाडौं तराई जोड्ने फाष्ट ट्रयाक स्वदेशी लगानीमै निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । 

बिहीबार बसेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, काठमाडौं । सरकारले काठमाडौं तराई जोड्ने फाष्ट ट्रयाक स्वदेशी लगानीमै निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । 

बिहीबार बसेको"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारद्वारा भारतीय कम्पनीसँगको फाष्ट ट्रयाक सम्झौता रद्ध

७ पुष २०७३, बिहीबार ०९:४२


पुस ७, काठमाडौं । सरकारले काठमाडौं तराई जोड्ने फाष्ट ट्रयाक स्वदेशी लगानीमै निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माणको जिम्मा दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।

फास्ट ट्र्याक आफै निर्माण गर्न बिहीबारको मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझाव दिनेछ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

केहि महिना पहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफूले नै सो को निर्माण गर्ने भन्दै भारतीय कम्पनीसँगको सम्झौता तोडेको थियो । सुशील कोइराला नेतृत्वको सरकारको पालामा भौतिक पूर्वाधार मन्त्रालयले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड आईएल एण्ड एफसलाई  फाष्ट ट्रयाक निर्माणका लागि जिम्मा दिने गरी डीपीआर प्रतिवेदन तयार पार्न लगाएको थियो । उक्त तयारीप्रति चौतर्फी आलोचना भएपछि आयोजना अघि बढाउने कार्य प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप