२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका झण्डै १४ सरकारी कार्यालय प्रमुख बिहिन

७ पुष २०७३, बिहीबार १०:३३

सम्राट सिंह/पुस ७, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका झण्डै १५ सरकारी कार्यालयहरु प्रमुख विहिन बनेका छन । 

सरकारी कार्यालयका प्रमुखहरु घर बिदा तथा गोष्ठिमा जिल्ला बाहिर गएपछि करिब ३ सातादेखि जिल्लाका सरकारी कार्यालय प्रमुख बिहिन बनेका हुन । बझाङका अधिकांस सरकारी कार्यालयका प्रमुखहरु जिल्ला बाहीर भएकाले तल्लो तहका अन्य कर्मचारीहरु पनि नियमित कार्यालयमा नबस्ने गरेको सेवाग्राहीको गुनासो छ । सरकारी कर्मचारीहरु यसरी एकैपटक जिल्ला बाहिर जाँदा सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन ।  

जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत,जिल्ला खानेपानी कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला सिँचाइ कार्यालय, जिल्ला निर्वाचन कार्यालय, पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला सडक कार्यालय लगायत झण्डै १४ सरकारी कार्यालयका प्रमुखहरु अझै जिल्ला फर्केका छैनन् ।

तीन चार दिन लगातार जिल्ला विकास समितिमा धाउँदा समेत स्थानिय विकास अधिकारी छैनन् भनेर जिविसका अन्य कर्मचारीले फिर्ता पठाएको  योजनाको सम्झौता गर्न गएका कोटदेवलका गोरख रोकायाले बताए । सरकारी कार्यालयका प्रमुख यसरी जिल्ला बाहिरी जाँदा योजना सम्झौता, भुक्तानी जस्ता कामकाज नहुँदा विकट गाविसबाट सेवा लिन आएका सेवाग्राही मर्कामा पर्ने गरेका उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल पौष १ गते गोष्ठीमा गएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले अन्य कार्यालय प्रमुख पनि कोहि घर बिदामा कोही मिटिङ गोष्ठिमा जिल्ला बाहिर गएको बताए  । जिल्ला बाहिर भएका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुलाई तत्काल जिल्ला फर्कन पत्राचार गर्ने उनको भनाइ छ । 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी