पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 
२९ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

संविधान संशोधन प्रक्रिया अघि बढ्न दिईन्न: भट्टराई

८ पुष २०७३, शुक्रबार १२:०७

पुस ८, धनकुटा । संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 

आज प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा (एमाले) यसको विरुद्धमा रहेको बताए । 

संविधान संशोधनको विषयले अदालतमा समेत प्रवेश पाएको कारण संसद्मा छलफल गर्नुभन्दा फिर्ता लिनु उचित हुने उनको तर्क छ । 

संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमोल चुनावमा भाग लिने बताए । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली