क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन ।

उनलाई मान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन ।

उनलाई मान"/>

2026-08-04 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यस्ता छन् चार सपना हामी कहिले बिर्सदैनौं

क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन ।

उनलाई मानिसहरुले सधैं याद गरिरहने सपनाले आकर्षित गर्दछ । उनको यो आकर्षणले एउटा रोचक अध्ययन जन्माएको छ । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘मैले ती सपनामा काम गरेको छु जुन दिमागमा सधैंका लागि रहन्छन् ।’

वास्तवमा यस्ता सपनाबारे अध्ययनका लागि बुलकेले आफ्नो युवावस्थामा नै सोच बनाएका थिए । युवावस्थामा विभिन्न प्रकारका सपना नियमित रुपमा देख्न थालेपछि उनले यसबारे अध्ययन गर्ने सोच बनाएको जानकारी दिए ।

फलस्वरुप, केही वर्षभित्रै उनले एक ग्लोबल डाटाबेस तयार गरे जुन मानिसहरुले धेरै देख्छन् र सदैव याद राख्छन् । त्यसपछि उनले यी आँकडामाथि अध्ययन सुरु गरे र त्यसलाई नै आधार बनाएर उनले ती चार सपना चयन गरे जसलाई उनले ‘बिग ड्रिम्स’ को नाम दिए ।

बुलकेलेका अनुसार यस्ता बिग ड्रिम्स मानिसले कहिले पनि बिर्संदैनन् । उनले ती सपना र त्यसको अर्थ पनि बताए ।

१. तल झर्नुः

उचाईबाट तल खसेको सपना मानिसहरुले धेरै देख्छन् । हावामा उडेको सपनाभन्दा निकै धेरै पटक यस्तो सपना देखिन्छ । यो सपनालाई मानिसहरुले कहिले पनि बिर्संदैनन् ।

२. सम्भोगसँग जोडिएका अनुभवः

अध्ययनका अनुसार सम्भोगसँग जोडिएका सपना पनि मानिसले कहिले भुल्दैनन् । विशेष कुरा के छ भने सेक्ससँग सम्बन्धित सपना महिलाभन्दा पुरुषले बढि देख्छन् (अध्ययनमा संलग्न ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला) ।

३. स्कूल, स्कूलका गुरु र पढाईः

थोरै समयसम्म स्कूलको शिक्षा लिनेहरुले पनि स्कूलको अनुभव, स्कूलका गुरु र पढाईसँग जोडिएको सपना पनि याद राख्छन् । वर्षौंसम्म पनि ।

४. कसैको हमला वा कसैले दुःख दिएकोः

यस्ता डरलाग्दो सपना साधारणतया बच्चाहरुले देख्ने गर्दछन् र मनोचिकित्सकका अनुसार यस्ता डरलाग्दो सपना मानिसले जिन्दगीभर याद राख्छन् ।

कसैले सपना देख्नु निकै नीजि र व्यक्तिगत अनुभव भएको बुलकेले बताए यद्यपी, संसारभरीका मानिसहरुको सपनामा एक प्रकारको समानता पनि पाइएको उनले बताए ।

उनी भन्छन्, ‘तपाईं हामी मात्र होइन, मानिसहरु वर्षौंदेखि सपना देख्दै आएका छन् । भिन्न संस्कृति र परिवेशमा बस्ने मानिसहरु, इतिहासको अलग काल खण्डमा जीवनयापन गरिरहेका मानिसहरुले पनि सपना देखेका थिए तर हरेक काल खण्डमा सपनालाई एक चिन्तासँग जोडेर हेरिन्छ । केही नराम्रो हुनसक्ने संकेतको रुपमा सपनालाई लिँदै आएको छ ।

बुलकेले यसलाई वास्तविकता हुनसक्ने बताएका छन् किनभने सपना देख्ने अधिकांश व्यक्तिका अनुसार नराम्रो सपना वास्तविकतामा परिणत भएको बताउने गरेका छन् ।

मानिसहरुले सपना देख्नुका पछाडि भिन्न कारण हुनसक्ने बुलकेले स्विकारेका छन् यद्यपी, यसको अनुभव सबै मानिसले एकै प्रकारको गर्ने बताए ।  बीबीसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन