कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर ब"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेराशि संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न

१० पुष २०७३, आईतवार ०२:४६

कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवर प्रमुख अथिती रहनु भएको थियो । 

प्रमुख अथिती कुवरले शिक्षाको गुणस्तर बृद्धि नहुनुमा शिक्षक मात्र दोषि नभई सबै त्यतिकै दोषि भएको बताउनु भएको छ । शिक्षा सम्बन्धी बनेका निति, नियम अनुसार सबैले यसको कार्यान्वयनमा ध्यान नदिन सक्दा यस्तो अबस्था आएको बताउनु भयो । 

बैज्ञानिक  तथा गरिखाने शिक्षा लागु गराउनका लागि कर्मचारी तन्त्र तथा राजनितिक हाबि हुनु भन्दा शिक्षकलाई उचित तालिमको ब्यबस्था हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा पुर्व सभासद  तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर र नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय सहकोषाध्यक्ष कमला थापा विशिष्ट रहनु भएको थियो । 

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्ट, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय सदस्य कर्ण भण्डारी, ममता शाह, नेपाल शिक्षक महासघका जिल्ला अध्यक्ष भिम बुढा, नेपाल पेशागत महासघ अछामका अध्यक्ष भिम बुढा, नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारी, ऐकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष बालाराम उपाध्याय, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य मञ्जु महत, शिक्षक हित सा कोषका अध्यक्ष मञ्जु कँुवर, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, अनेरास्वीयु अछामका सचिव दिल बहादुर केसिले मन्तव्य राख्दै आगामि दिनमा जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका सबैमा चुनौती थपिदै आएकाले यसमा सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिएका थिए । 

शैक्षिक मुद्दा मात्र नभई आगामि दिनमा महिला दिदिवहिनीको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको छाउपडि कुप्रथा विरुद्ध पनि आवाज उठाउनु पर्ने बताएका थिए । जिल्ला उपाध्यक्ष जानकारी बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन उपाध्यक्ष लोकराज न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह