कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर ब"/>

2026-10-14 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेराशि संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न

कमल रावल/पुस १०, अछाम । नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामको १६ औँ जिल्ला परिषद मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवर प्रमुख अथिती रहनु भएको थियो । 

प्रमुख अथिती कुवरले शिक्षाको गुणस्तर बृद्धि नहुनुमा शिक्षक मात्र दोषि नभई सबै त्यतिकै दोषि भएको बताउनु भएको छ । शिक्षा सम्बन्धी बनेका निति, नियम अनुसार सबैले यसको कार्यान्वयनमा ध्यान नदिन सक्दा यस्तो अबस्था आएको बताउनु भयो । 

बैज्ञानिक  तथा गरिखाने शिक्षा लागु गराउनका लागि कर्मचारी तन्त्र तथा राजनितिक हाबि हुनु भन्दा शिक्षकलाई उचित तालिमको ब्यबस्था हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा पुर्व सभासद  तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर र नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय सहकोषाध्यक्ष कमला थापा विशिष्ट रहनु भएको थियो । 

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्ट, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय सदस्य कर्ण भण्डारी, ममता शाह, नेपाल शिक्षक महासघका जिल्ला अध्यक्ष भिम बुढा, नेपाल पेशागत महासघ अछामका अध्यक्ष भिम बुढा, नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारी, ऐकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष बालाराम उपाध्याय, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य मञ्जु महत, शिक्षक हित सा कोषका अध्यक्ष मञ्जु कँुवर, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, अनेरास्वीयु अछामका सचिव दिल बहादुर केसिले मन्तव्य राख्दै आगामि दिनमा जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका सबैमा चुनौती थपिदै आएकाले यसमा सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिएका थिए । 

शैक्षिक मुद्दा मात्र नभई आगामि दिनमा महिला दिदिवहिनीको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको छाउपडि कुप्रथा विरुद्ध पनि आवाज उठाउनु पर्ने बताएका थिए । जिल्ला उपाध्यक्ष जानकारी बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन उपाध्यक्ष लोकराज न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश