नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अन"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जबाफदेहिता कार्यक्रमको संयुक्त अनुगमन

१० पुष २०७३, आईतवार ०३:५६

नन्दराम जैसी | पुस १०, जुम्ला | दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाद्धारा जिल्लाको हाँकु र तातोपानि गाविसमा संचालित जबाफदेहिता कार्यक्रमको शनिबार संयुक्त अनुगमन गरीएकोे छ । जबाफदेहिता कार्यक्रम अन्र्तगत हाँकु र तातोपानि गाविसमा भएका क्रियाकलाप र प्राप्त उपलब्धीको बिषयमा जिल्ला स्थीत सरोकारवाला निकायद्धारा संयुक्त अनुगमन अनुगमन गरीएको हो । गर्भनर फ्यासिलिटिको सहयोग तथा सेडा नेपालको सहजिकरणमा हाँकु र तातोपानी गाविससँगै जिल्लाका अन्य ४ गाविसमा जबाफदेहिता कार्यक्रम संचालन भैरहेको छ ।

अनुगमनको क्रममा दुबै गाविसमा भएका क्रियाकलापमा सुशासन र पारदर्शीको अवस्थाबारे स्थानियसँग छलफल तथा अन्र्तक्रिया गरीएको थियो । अनुगमनको क्रममा दुबै गाविसका स्थानियसँग गरीएको छलफल तथा अन्र्तक्रियामा सहभागिले सेडा नेपालद्धारा संचालित क्रियाकलाप पारदर्शि भएपनि गाविसका अन्य कुनै पनि कार्यक्रम पारदर्शी नभएको बताएका छन् । सरकारी तथा गैर सरकारी निकाय तथा गाविसले गर्ने कार्यक्रमका बारेमा स्यानियलाइ राम्रोसँग जानकारी नभएरै कार्यक्रम संचालन हुने गरेको स्थानियको भनाइ छ ।


सेडा नेपालले आफ्ना कार्यक्रममा समान सहभागिता तथा पारदर्शि बनाउने प्रयास गरेको स्थानियको बुझाइ छ । सेडा नेपालले हरेक कार्यक्रम तथा योजनालाइ सुशासन मैत्रि बनाउने बिषयमा स्थानियको क्षमता विकास सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रम संचालन गरेपछि हाँकु र तातोपानी गाविसका स्थानियहरु सबै कार्यक्रम पारदर्शी हुनु पर्ने भन्दै आवाज उठाउन थालेका छन् । हाँकुमा भएको छलफलका क्रममा बोल्दै रामभक्त कामिले गाविसमा संचालित कार्यक्रमको प्रभावकारी निरीक्षण र अनुगमन भएमा पारदर्शिीता कायम हुने बताउनुभयो ।

हाँकु गाविस सचिब कृष्ण प्रसाद उपाध्यायले गाविसद्धारा प्रवाह हुने सेवा प्रभावकारी रहेको दावि गर्दै सेवाग्राहिसँगको सम्बन्ध सुमधुर रहेको प्रष्ट पार्नुभयो । यस्तै तातोपानी गाविसमा भएको छलफलमा बोल्दै नागरीक समाज तातोपानीकि अध्यक्ष मोतिपुरा रावतले राजनैतिक दबाफका कारण महिलाहरुलाइ कागजमा मात्र अधिकार र अवसर सिमित बनाएको आरोप लगाउनुभयो । गाविस सामाजिक परिचालक टंक प्रसाद उपाध्यायले गाविसबाट प्रवाह हुने सेवालाइ पारदर्शी देखाउन र सेवाग्रहीलाइ सहज बनाउन तथा सेवाग्राहीको गुनासो सुन्न सुझाब पेटिका र नागरिक वडा पत्र राख्नु पर्नेमा नराखिएको भन्दै सुझाब पेटिका र नागरिक वडा पत्रको ब्यवस्था गरेको खण्डमा स्थानियले तोडफोड गर्ने तथा च्यातेर फालिदिने गरेको जानकारी  दिनुभयो ।


छलफलमा जिविस जुम्लाका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापाले ब्यक्ति परिवर्तन नभएसम्म समाज परिवर्तनको कल्पना गर्न नसकिने भन्दै योजना तथा कार्यक्रमलाइ कागजमा मात्र पारदर्शि देखाउनु भन्दा गुणस्तर बृद्धिमा पनि ध्यान दिन अनुरोध गर्नुभयो । जिल्ला शिक्षा अधिकारी कुल बहादुर फडेराले घरबाटै सुुशासन अभियानको थालनि गर्न आवाश्यक रहेको स्पष्ट पार्दै सबै नागरीक साक्षर भएमा नागरीकले गर्ने क्रियाकलाप पनि पारदर्शि हुने सुझाब दिनुभयो । पशु विकास अधिकृत गोविन्द बहादुर महतले जबाफदेहिता कार्यक्रम अन्र्तगत सेडा नेपालले गरेको पहललाइ कार्यान्वयन गर्न गाविस, नागरीक समाज, वडा नागरीक मञ्च र सबै नागरीकलाइ अनुरोध गर्नु भएको छ ।

बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले सेडा नेपालले मात्र चाहेमा कुनै पनि कार्यक्रम प्रभावकारी र पारदर्शि नहुने भन्दै सबैले आआफ्ना कार्यक्रम र योजनालाइ प्रभावकारी बनाउदै सेवाग्राहि प्रति उत्तरदायि हुनुपर्नेमा जोड दिनुभयो । सेडा नेपाल जुम्लाका संयोजक केशव पौडेलले भएका क्रियाकलापको सकारात्मक सुझाब आएमा आगामि कार्यक्रमलाइ सुधारर्दै लैजाने बताउनु भएको छ ।

जबाफदेहिता कार्यक्रम अन्र्तगत सेवाग्राहि र सेवा प्रदायक निकाय बिच अन्र्तक्रिया, सुचनाको हक सम्बन्धी क्षमता विकासका तालिम लगाएतका क्रियाकलाप भैरहेको सेडा नेपाल जुम्लाका कार्यक्रम संयोजक पे्रम फडेराले बताउनुभयो । संयुक्त अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपाने, सहायक बन अधिकृत दिनेशजंग खत्रि लगाएत जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि तथा पत्रकारको सहभागितामा सम्पन्न भएको सेडा नेपाल जुम्लाका सुशासन अधिकृत धिर बुढाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य