Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आफ्नो चुनाबी अभियान छिट्टै चलाऊने : प्रदेश इन्चार्ज भट्ट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशका इन्चार्ज लेख राज भट्टले स्थानिय निर्बाचनमा पार्टीलाई बलियो बनाउने गरी बिभिन्न बिभागहरु गठन गरी तल्लो तह सम्मका जनता संग पुग्ने गरी योजना बनाएको जानकारी दिनु भयो । उँहाले पार्टीलाई बिकास र श्रम सग जोड्ने गरी सबै नेता कार्यक्रतालाई परिचालन गरिने जानकारी दिनु भयो । पत्रकारहरुको अर्को जिज्ञासामा नेता भट्टले जनताले माओबादी पार्टी नछोडेको तर केही नेताहरु ब्यक्ती गत स्वार्थका कारण पार्टी छोडेने गरेको बताउनु भयो । उँहाले जनयुद्ध र जन–आन्दोलनको भरमा आएको संघियता जोगाउने मुल दायित्व पनि माओबादीको रहेकोले आफुहरु जसरी पनि कार्यन्वयन गरेर छोड्ने जिकिर गर्नु भयो । माओबादी केन्द्रले सात नम्बर प्रदेश भित्र सगठन बिभाग, आर्थिक निती निर्माण तथा ब्यबस्थापन बिभाग, प्रकाशन सुचना तथा संचार बिभाग गरी ९ वटा बिभाग समेत गठन गरेको छ ।</p><div style="text-align: justify; "><br></div>