कृष्ण कँडेल/पुस ११, बागलुङ । क्याम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस ११, बागलुङ । क्याम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा "/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्यार्थीद्वारा निसीभुजी जनता क्याम्पसमा तालाबन्दी

२०७३, ११ पुष सोमबार ०३:१६


कृष्ण कँडेल/पुस ११, बागलुङ । क्याम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा तालावन्दि गरेका छन् । 

क्याम्पसमा नियमित पठन–पाठन पनि नभएको र प्रत्यक बर्ष २५ प्रतिशतले शुल्क बढाउँदा आफुहरु झन् मारमा परेको विविएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी शुशिला शर्माले जानकारी दिईन् । 

एकैपटक भारी शुल्क बृद्धि हुँदा दुर्गम गाउँका गरिब विद्यार्थीले तिर्न नसक्ने र अन्तत पढाई छोड्नुपर्ने बाध्यता हुने विद्यार्थीको तर्क छ ।  

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले चाहिँ कुनै अनुदान विना समुदायले नै सञ्चालन गरेको क्याम्पस चलाउन आर्थिक अभाव भएकाले यो बर्ष मासिक शुल्कमा १ सय ५० रुपैयाँ मात्र बढार्ईएको बताए । 

विद्यार्थीले क्याम्पस व्यवस्थापन समिति र प्रसासनसँग शुल्क समायोजन गर्न माग गरेपनि सुनुवाई नभएका कारण तालाबन्दी गर्नुपरेको बतााएका छन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धिरप्रतपसिंहले गाउँका विद्यार्थीले उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर सामुदायकै पहलमा सञ्चालन गरिएको क्याम्पस बचाउन शुल्कमा केहि बृद्धि गर्नुपरेको बताए । उनले आफुहरु निरन्तर लगेर अभिभावक तथा सहयोगदाताबाट रकम जुटाई क्याम्पस भवन निर्माण गरेको र अन्य कुनै स्रोत नभएका कारण विद्यार्थीकै शिक्षाका लागि शुल्क बढाउनु परेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो