सन्तोषकुमार गुप्ता । द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । द"/>

२९ मंसिर २०८२, आईतवार
दाङ्ग - DNG

गौ हत्याको विरोधमा भोली मंगलबार एक दिने दाङ सहित मध्यपश्चिम बन्दको घोषणा

११ पुष २०७३, सोमबार १०:३५


सन्तोषकुमार गुप्ता । दाङ ११ पुस । कैलालीमा १ सय २० वटा गाईगोरु मारेको बिरोधमा विभिन्न एक दर्जन बढी हिन्दुबादी संगठनहरुले भोलि मंगलबार एक दिने दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको आह्वान गरेका छन् । धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि हिन्दुबादी संगठनहरुले बन्द आह्वान गरेका हुन् ।      हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, कौशधन विरादरी सेवा समाज, पाण्डबेश्व मन्दीर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुर लगाएतका १२ वटा धार्मिक संस्थाहरुले गौ हत्याको बिरोधमा मंगलबार दाङ बन्दको आह्वान गरेका हुन् । ती १२ वटा संगठनहरुले सोमबार संयुक्तरुपमा बिज्ञप्ती जारी गरि गौ हत्याको बिरोध र उक्त घटनाको छानबिन गर्न सरकारलाई दवाव दिने उदेश्यले बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 
भोली एक दिनका लागि एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मीका गाडीहरु बाहेक अन्य बजार, कलकारखाना, उद्योग, यातायातका साधन सबै बन्द रहने पनि विज्ञप्तीमा उल्लेख छ । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पु(याएको स्वीकार गरेको छ । तर एक सय २० गाईगोरु मरेका भेटिएका छन भने अन्य करिब एक सय गाईगोरु पुरेको अनुमान स्थानिहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली