दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजन"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोटो समयमा लाकेप्रिय बन्दै गायक थापा (भिडीयोसहित)

१२ पुष २०७३, मंगलवार ०६:२२

दिनेश ठकुल्ला । साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजारमा ल्याएको हो ।  

गायक थापाकी जीवन संगिनी चित्रकला बुढाथापाको लय शब्द रहेको सो गितमा गायक थापाको स्वर रहेको छ भने उहाँ आफैले अभिनय समेत गर्नु भएको छ । गायक थापाले नेपालका नेता बोलको यो गितमा आफूले नेपाली जनताले भोग्नु परेको वास्तविकतालाई गित मार्फत छर्लगं पार्न खोजेको बताउनुभयो । 

यसअघि क्या राम्रो रैछ नी साँफेबगर बाट साँगितिक यात्राको शुरुवात गर्नु भएका गायक थापाले त्यसपछि बर पिपल छाँयाले म त भेट्न टीकापुर आइ पुगे तिम्रै मायाले, यस्तै धेरै भए फटाहा जाली देश बिगार्ने कुरामा कसैले नबजाउ है ताली लगायतका लोकप्रिय गितहरु बजारमा ल्याइ सक्नु भएको छ । 

उहाँले भन्नुभयो आफ्नो जीवन लोक संगितमा नै व्यतित गर्ने भन्दै आगामी दिनहरुमा पनि अझै उत्कृष्ट किसिमका गितहरु बजारमा ल्याउन आफू संघर्षरत रहेको बताउनुभयो । गायक थापाले छोटो समयमा नै धेरै दर्शक एवं शुभेच्छुकहरुबाट निकै माया पाएको भन्दै यसले आफूलाई साँगितिक यात्रामा थप हौसला दिएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो । 

अक्टोबर ३० तारिख मा भारतमा जेटि गु्रप वापीले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम र अक्टोबर ३१ तरिखका दिन प्रवासि नेपाली संघ सारीगामले सारीगाममा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गाएर धमाकेदार प्रस्तुतीको साथमा दर्शकहरुलाई मञ्चमा नचाउन सफल भएका थिए । 

गायक थापाको प्रस्तुतीको क्रममा कार्यक्रममा सहभागि सबै दर्शक एवं स्रोतहरु समेत निकै रमाएका थिए आवाजमा निकै दम भएका पूर्व सञ्चारकर्मी समेत रहेका गायक थापाले गायनका साथै विभिन्न महोत्सव एवं साँस्कृतिक कार्यक्रममा समेत कुशल उद्घोषक एवं कार्यक्रमम सञ्चालकको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ । 

वि.सं. २०४९ साल असार ६ गते बुबा जित बहादुर थापा र आमा धनकला देवी थापाका साहिला छोराका रुपमा अछाम जिल्ला वरदादेवी गाविस वडा नम्बर ५ बेल्पाटामा जन्मिनुभएका थापा हाल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा एम. ए. दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । 

खप्तड साँस्कृतिक परिवार टीकापुरका पूर्व उपाध्यक्ष समेत रहनु भएका थापा विभिन्न साँस्कृतिक समूहरुमा समेत आवद्ध रहनु भएको छ । गायक थापाको आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो हार्दिक मंगलमय शुभकामना  । उहाँको साँगितिक यात्रा अझै अघि बढोस हाम्रो पनि लोकगायक थापालाई लाखौ लाख शुभकामना ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे